पारस खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई ब्रान्ड एम्बेसडर चयन गरेको छ ।
टेलिकमले आज जागरी गरेको प्रेस विज्ञप्तिअनुसार यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेटर खड्काले टेलिकमको राजधानीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभएको थियो ।

ntc

हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक अधिकारीले द्रुत गतिमा मुलुकभर दूरसञ्चार सेवा विस्तार गरिरहेको नेपाल टेलिकम र फास्ट बलरका रुपमा परिचित पारस खड्काबीचको सहकार्य फलदायी र प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा उहाँले नेपाल प्रहरीको फुटबल टिमलाई पनि प्रायोजन गरेको स्मरण गर्दै खेल क्षेत्रलाई कम्पनीले विशेष प्राथमिकतामा राखी सहयोग गरिरहेको बताउनु भयो ।

समारोहमा कम्पनीका नव नियुक्त ब्रान्ड एम्बेसडर पारस खड्काले मुलुकको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताउनु भयो । उहाँले यो सहकार्यले क्रिकेट खेलका साथै नेपाल टेलिकमद्वारा प्रदत्त सेवाहरु र नेपाल टेलिकमको ब्रान्डको प्रभावकारी प्रवद्र्धन हुने विश्वास व्यक्त भएको विज्ञप्तिमा जनाइएको छ ।

हाल एक वर्षको लागि गरिएको सम्झौता अन्तर्गत रहेर क्रिकेट खेलाडी खड्का सम्झौता अवधिभर नेपाल टेलिकमका सेवा सुविधाहरु तथा कम्पनीको ब्रान्ड प्रवद्र्धनका विविध क्रियाकलापहरुमा सहभागी हुनुहुने पनि नेपाल टेलिकमले जनाएको छ ।

 

राजेश जोशी प्रवक्ता

यसैबीच टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित अन्तर्राष्ट्रिय सेवा निर्देशनालयमा कार्यरत निमित्त प्रबन्धक राजेश जोशीलाई मंगलबारदेखि कम्पनीको प्रवक्ताको जिम्मेवारी सुम्पेको छ ।