महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमान्डौले आ .व .०७६/७७ को ७ महिना मै १९ करोड ७७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। पछिलो ७ महिना भित्र गरिएको कारवाहीमा ३ लाख ८ हजार ९ सय ४२ सवारी साधनहरु परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मापसे चेकिङ्गमा पनि २१८३९ जना पुरुष र २४० जना महिला गरि २२०७९ जना कारवाहीमा परेका छन्।
लेन अनुशासन पालना नगर्ने १६९१ महिला र २३२७५ जना पुरुष गरि २४९६६ जनालाइ गरिएको कारवाही मध्ये २२०५० जना राजस्व कारवाहीमा परेका हुन् । सवारी पर्किङ्ग समबन्धित नियम पालना नगर्नेहरु ३२८१२ जना कारवाहीमा पर्दा बढीभाडा लिने सवारी साधनको संख्या ६३३८ जना रहेको प्रवक्ता जीवन कुमार श्रेष्ठले बताउनु भएको छ।
मिटरमा जान नमान्ने,मिटर बिगार्ने,भाडामा अनियमितता गर्नेहरु यस प्रकारको कारवाहीमा परेका हुन् ।
आ. व. ०७६/७७ मा सवारी साधन हराएको भन्दै १०४८ वटा निवेदन पर्न आएकोमा २६४ वटालाई अनुसन्धानमा ल्याइएको छ भने २५ वटा सवारिहरुलाई अनुसन्धान पछि गाडी धनीको जिम्मा लगाइएको छ। १०८ जना मानिस र १८ वटा मोटरसाइकल कारवाहीको लागि पठाइएको छ भने चालु आ .व .मा कुनै पनि मोटरसाइकल तथा चालकलाई भन्सार पाठाइएको छैन । उहाका अनुसार हिट एंड रन केसमा ३५९ निवेदन परेकोमा २४५ वटा मिलापत्र भाइसकेको र ११४ वटा निवेदन माथि अनुसन्धान भाइरहेको छ ।
त्यसै गरि सवारी साधनको अन्य भागमा यात्रु बोकेका २६७६ जना कारवाहीमा परेका छन् । निषेधित ठाउमा हर्न बजाउने १२५१६ जना,तिब्र गतिमा गाडी चलाउने १२४२ जना,जेब्राक्रसको नियम उलंघन गर्ने ६२८७ जना ,२३१७४ जना बुल्लेट बाइक कारवाहीमा परेको समेत उहाले बताउनु भएको छ।
चालु आर्थिक वर्षमा हाल सम्म १३३ जना बढी धुवा फैलाउने गाडीहरु कारवाहीमा परेका छन् ।
ट्याम्पोमा बढी यात्रु बोक्ने चालकहरु ७८८ जना,लेन लक् कारवाही अन्तर्गत १६९७५ जना,मेट्रोबाट प्राप्त फुटेजको आधारमा महाशाखाबाट १४९५ जनालाई ,मेट्रो सिसिटिभीबात फिल्डमा ५७८५ जनालाई कारवाही गरिएको छ । श्रेष्ठका अनुसार हाल सम्म ४२५ जनालाइ ट्राफिक कम्युनिकेशन एप्पबाट कारवाही गरिएको बताउनु भएको छ ।

प्रतिक्रिया