एकै दिन ६४ भाषाका कविता पढिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

०९ फाल्गुन। आज परेको अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय मातृभाषा महोत्सव २०२० मा ६४ भाषाका कविहरुले आआफ्नो भाषामा कविता वाचन गर्नु भएको छ।

१२५ जातिका १२३ मातृभाषा सुचित गरिएकोमा वाचनका लागि ६४ भाषाका कविताहरु मात्रै छनौट भएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताउनु भएको छ।

सन् १९५२ मा बंगालादेशका विधार्थीहरुले गरेका मातृभाषा आन्दोलनमा शहिद हुन् पुगेगा विधार्थीहरुको सकारात्मक मागलाई समर्थन गर्दै उनेस्कोले संयुक्त राष्ट्र समक्ष सबैले मातृभाषामा पढ्न

पाउने,लेख्न पाउने तथा औपचारिक भाषाको रुपमा समेत प्रयोग गर्न पाउने भने निर्णय पेस गरेको थियो ।

त्यस निर्णयलाई क्यानेडाका नागरिक कोपि अनानले संयुक्त राष्ट्र समक्ष पुर्याउन कानुनि सहयोग गर्नु भएको इतिहास उपाध्यायले थप्नु भएको थियो ।

उक्त कार्यक्रमकी विशिष्ट अतिथि रहनु भएकी नेपालका लागि बंगलादेशी राजदुत माश्फी बिण्टे स्यामले नेपालमा बोलिने यति धेरै भाषा प्रति खुशी व्यक्त गर्नु भएकी थिइन् ।

यसै अवसरमा हरेक वर्ष प्रस्तुति दिदै आएको १३ जातीय सांस्कृतिक झाँकीलाइ प्राथमिकता दिदै यसपालि १७ जातिका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

उपप्रधान एव रक्षा मन्त्रीको प्रमुख आतित्थ्यमा सम्पन्न झाँकी प्रस्तुतिमा नेपाल भित्रका लिम्बु,थारु,शेर्पा,राइ,धिमाल,घले,मगररहुरा,किरात,गुरुङ,तराइ मधेशको प्रचलित सांस्कृतिक झाँकी होरी,छलिया,ता

मांग,सुनुवार तथा दुरा समुदायका संस्कृति झल्काउने झाँकी समेत प्रस्तुत गरिएको थियो ।