´धुलो`को टेलर सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फागुन १६ : रिलिजको तयारी रहेको चलचित्र धुलोको टेलर सार्वजनिक भएको छ।  श्रमिक मजदुर र सामाजिक विषयवस्तु कथामा निर्माण गरिएको यस चलचित्र निर्देशक प्रद्युम्न मिश्र हुन् ।

रिक्सा चालकको सपना, लक्ष्य, संघर्ष र जीवनशैलीलाई प्रस्तुत गरिएको ‘धुलो’ मा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, सुमन घिमिरे,अमृता पाण्डे र बालकलाकार सुदीप कार्की मुख्य भुमिकामा छन् । नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा को पनि विशेष भुमिका रहेको छ ।
दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहनुभएको छ । यस चलचित्रको निर्माण संयोजकमा सुमन घिमिरे रहेका छन् भने चलचित्रमा समावेश गीतमा केशव मिश्रको शब्द छ भने शिव परियार,रेजिना रिमाल,युवराज चौलागाईं,मनोज राज को स्वर रहेको छ ।

सुवास सिंह बस्न्यातको लेखन,रविन आचार्यको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको गीतको कोरियोग्राफी कबिराज गहतराज र रामजी लामिछानेले गर्नुभएको छ । चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।
यो चलचित्र ग्लोबल फिल्मस् फेस्टिवल सिकिम २०२० मा समेत छनोट भैसकेको छ । यो फिल्म फेस्टिवल फिल्म फेडरेशन ईन्डियाको आयोजनामा हुँदैछ ।