ईन्जिनियर दिपेन्द्र कँडेलले कैलाश विकास बैंक लिमिटेडको वालिङ्ग शाखाले किर्ते गरी आफूलाई फसाउन लागेको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले कैलाश विकास बैंक लिमिटेड, वालिङ्ग शाखाले आफ्नी आमाको कीर्ते हस्ताक्षर मार्फत परिवारको सामाजिक प्रतिष्ठामाथि नै आँच पुर्याउने उद्देश्यका पत्रिकामा आफ्नो परिवारको नाम प्रकाशित गर्न लागेको दाबी गर्नुभयो ।
बैंकको प्रथम महाप्रबन्धक रहेका आफ्ना पिताको निधन पछि यस्तो प्रपञ्च रचिएको भनाई पनि उहाँको थियो ।
उहाले आमा लिला कँडेलले लिनुभएको ऋणको किस्ता यसअघि समयमै तिर्दै आईरहेको र बुवाको निधनपछिको किस्ता तिर्न केही कठिनाई भएको कुरा आफ्नो परिवारले बैंकलाई स्पष्ट रुपमा भनेको जानकारी पनि कँडेलले दिनुभयो ।
उहाले भन्नुभयो,‘मेरो आमाले बैंकलाई समयमै किस्ता तिर्दै आउनुभएको थियो । बुवाको निधनपछि किस्ता चलाउन केही समस्या भएको कुरा उहाँले बैंकलाई स्पष्ट रुपमा जानकारी गराइएको बताउनु भयो । म, आफैंले पनि यो कुरा बैंकको काठमाडौंस्थित् केन्द्रीय कार्यालयमै पुगेर जानकारी गराएको थिएँ । तर, बैंकले यही अवस्थालाई प्रयोग गरेर हाम्रो परिवारमाथि षड्यन्त्र गरि आमा र बुवाको प्रतिष्ठामाथि दाग लगाउने प्रपञ्च रच्यो, जुन कुरा उसले पठाएका चार वटा पत्रबाट पनि पुष्टि हुन्छ ।’
बैंकले आमाको नाममा प्रेषित गरेका चार वटा पत्रमा बेग्ला बेग्लै ठेगाना र आमाको हस्ताक्षरसमेत किर्ते गरेको दाबी गर्नुभयो । उहाले भन्नुभयो,‘बैंकले यतिसम्म पनि गर्दोरहेछ भन्ने कुरा हामीले प्रत्यक्ष रुपमा भोग्यौं । उहाँले आफू स्वयं ग्यारेन्टर हुँदापनि अहिलेसम्म कुनैपनि पत्र र त्यसम्बन्धी कुनैपनि पत्र वा जानकारी प्रेषित नगरिएको बरु एकैपटक पत्रिकामा नाम निकाल्ने तयारी गरिरहेको जानकारी आफूले पाएको भनाई पनि उहाँको थियो । केन्द्रीय कार्यालयका एक कर्मचारीले शाखाबाट पत्र आएकोले पत्रिकामा सूचना
दिए पछि आफूले आधार देखाउन मागेको थिएँ । र, उहाँले चार वटा पत्र मलाई थमाउनुभयो, त्यसमा बैंकको शाखाले आमाको हस्ताक्षरसहितको पत्र पठाएको देखें । यो देख्नेबित्तिकै आमालाई फोन सम्पर्क गर्दा उहाँले अहिलेसम्म मैले कुनैपनि पत्रमा हस्ताक्षर गरेको छैन् भनेर जवाफ दिनुभयो, त्यसपछि मैले पत्र नियाँल्दा बैंकले गरेका गम्भिर त्रुटीहरु पनि फेला पारें ।’
बैंकले किस्ता समयमा नआए कुनैपनि आफ्नो प्रक्रियामा गएर ऋण लिँदाको सम्झौताअनुसार कारवाही गर्न सक्ने बताउँदै कँडेलले ,‘तर, किर्ते गरेर कारबाहीको धम्की दिने र आफ्नो फाईदा उठाउन यस किसिमको प्रपञ्च रच्ने कुनैपनि बैंक तथा वित्तिय संस्थाहरुविरुद्ध म पब्लिक ईनोभेटरको नाताले लड्ने घोषणा गर्छु ।’ उहाले भन्नुभयो ।
प्रतिक्रिया