अमेरिकी आइडलमा नेपाली आवाजको जादु

भिडियो सहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकामा हाल चलिरहेको अमेरिकी  गायन रियालिटि सो ‘अमेरिकन आइडल’ को अडिसनमा दिवेश पोखरल   छनोटमा पर्न सफल हुनुभएको  छ । स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको थियो । काठमाडौमा सानैबाट गायनको यात्रा समाट्नुभएका उहाका लागि अमेरिकी आइडल खुसीको बहार बन्न समेत भएको छ । अमेरिका चर्चित रुपमा रहेको शो मा नेपालको बारेमा चित्रण गर्दै आफ्नो गायनलाई सुरु गर्नुभएको थियो ।

सानै देखि संगीत र गीतप्रती रुची भएका दिवेश पहिलो गीतार आफ्नो आमाले उपहारस्वरुप दिनुभएको गीतारबाट नै आफुमा गायनको प्रारम्भ भएको बताउनुभएको छ  । नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका गएको र अमेरिका अवसरहरुको महान् भूमि भएको उनले बताउदै उहाले अमेरिकामा गायनमा उत्कृष्ट बनेर नेपालको परिचय दिने समेत बताउनुभएको छ ।

पहिला नेपाली पप गीत मात्र सुन्ने र गुनुगुनाउने प्रवेशलाई अङ्ग्रेजी गीत गाउन आउदैन थियोे । अमेरिकामा पुगेपछि उहाले आफुले कहिले नगाएको गीत सुन्ने र गाउने प्रयास गर्दागर्दै आफू अङ्ग्रेजी गीततर्फ  चुम्बक झैं आकर्षित भएकोसमेत जानकारी दिनुभयो  ।