कोभिड १९ भाइसरले पर्यटन क्षेत्रलाई प्रभावित गर्दा देशमा फागुन ९ र १० गतेका लागि तय भएको दोस्रो आन्तरिक पर्यटन मेला आगामी २०७७ साल जेठ १६ र १७ गतेका लागि सारिएको छ ।
गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले सोमबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसको जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिव अधिकारी अबिरलले अहिले मिति सार्न बाध्य भए पनि कार्यक्रमलाई सातै वटा प्रदेशमा लैजाने योजना रहेको बताउनु भयो । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र ७३ वटा स्टल बुकिङसमेत भइसकेको भए पनि पर्यटन क्षेत्रमा देखिएको फरक परिस्थिति र व्यवसायहरुको सुझालाई शीरोपर गर्दै कार्यक्रम सारिएको हो’, कार्यक्रममा वितरित प्रेस विज्ञप्तिीमा उल्लेख छ ।
कार्यक्रमको उद्देश्य नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नेुका साथै ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्यको प्रचार प्रसार गर्नु रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । प्रदर्शनी पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु हस्तकलाका सामाग्री या्फिटङ बन्जिजम्प जस्ता थुप्रै पर्यटन सम्बन्धी कार्यक्रम रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
’देशका साट वटै प्रदेशको विभिन्न स्वादका परिकार समेत प्रस्तुती गर्नुका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी गीत सहितको सास्कृतिक प्रश्तुती समेत रहनेछन्’, अध्यक्ष अबिरलले बताउनुभयो ।
प्रतिक्रिया