काठमाडौँ, फागुन ४: विश्व कै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाल कै प्रथम महिला पासाङ लामु शेर्पाको स्मृतिमा उनकै नामले सञ्चालनमा आएको “पासाङ लामु फाउण्डेशन एण्ड हिमालयन क्लाइभ्बिङग एण्ड माउण्टेनरिङग विद्यालयले प्रदान गराउदै आएको प्रविधिमा अन्तराष्ट्रिय स्तरको चढाइ पर्खाल थप गरेको छ ।
यस प्रविधिले नेपालमा भएका आम पर्वतारोही तथा तालिम प्राप्त महत्वाकांक्षी नेपाली पर्वतारोहीहरुलाई अझै दक्ष बनाउने उढेश्यले ल्याइएको स्वर्गीय पासाङ लामु शेर्पाकी नातीनी आङगफुर्रा शेर्पाले बताउनुभएको छ ।
आङगफुर्रा शेर्पाका अनुसार पासाङ लामुले देखेका सपना पुरा गर्न, नेपाली महिलाहरुलाई साहसी बनाउन तथा पर्वतारोहणमा महिलाको महत्व र योगदानलाई उजागर गर्न पर्वतारोहणमा सहभागी गराउन यस विद्यालयको स्थापना गरिएको छ ।
व्यक्तिगत जीवनमा हुने गरेको तनाव कम गर्न, शारिरीक र एथ्लेटिकस शिप निखार्दै मानसिक रुपले बलियो बनाउने यस विद्यालयको अर्को मुख्य उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।
एक पटकमा चालीस जना सम्मलाई तालिम दिने सक्ने उपकरणहरु उपलब्ध रहेको विद्यालयमा विद्याको दिनमा रुची राख्नेहरुको भिड बढ्ने गरेको समेत उहाँले बताउनुभयो । दिनमा विभिन्न विद्यालय, क्याम्पस, संघ(संस्थाहरु समूह बनाई निश्चित समयवधीको लागि तोकिएको रकम तिरेर विद्यालयलाई प्रयोग गदै आएका शेर्पाले बताउनुभयो ।
सुरक्षाकर्मीहरुले निगरानीमा सेवा उपलब्ध गराउदै आएको हिमालयन क्लाइभ्बिङग एण्ड माउण्टेनरिङग विधालयको सदस्य बन्न सक्ने वातावरण पनि मिलाइएको आङगफुर्रा शेर्पाले बनाउनुभयो ।
प्रतिक्रिया