तेस्रो अन्तरास्ट्रिय चलचित्र महोत्सव आयोजना भएको आज तेस्रो दिन पूरा भएको छ । नेपाल पर्यटन वर्षको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ४० वटा देशहरुको सहभागीता रहेको थियो । फिल्म फेस्टिवल २०२० को आज तेस्रो दिन फिल्म प्रदशन गरिदै गरिएको थियोे केही समय भने करिव साढे तीन बजेबाट प्रख्यात भारतीय चलचित्र निर्देशक प्रकाश झाको उपस्थिति रहेको थियो । महोत्सवको कार्यक्रममा सहभागी हुन भारतबाट आउनुभएको निर्देशक झाले चलचित्र कसरी बनाउदा राम्रो हुन्छ भन्ने विषयमा रहेर राष्ट्रिय सभागृहमा एक अन्तक्रिर्या कार्यक्रम समेत नेपाल अन्तरास्ट्रिय फिल्म फेस्टिवले आयोजना गरेको थियोे ।
उहाले कार्यक्रममा सहभागी हुँदै गर्दा आफुले फिल्ममा निर्माण गर्दा बटुलेको अनुभव सुनाउदै आफुले निर्माण गरेको चलचित्र अरु चलचित्र भन्दा फरक रहेको समेत बताउनुभयो । झाले आफु रेस्टुरेन्टमा काम गर्दै र चलचित्रमा खेल्ने अवसर पाएपछि १ वर्ष निर्देशनसम्बन्धी अध्ययन गर्दै एक वर्षपछि यसलाई प्रयोगात्मक विधिबाट अगाडि बढाएको समेत जानकारी गराउनुभयो । आज सम्म आइपुग्दा पाएको माया जनाउदै निर्देशक झाले नया विषयको उठान चलचित्रमा गरे मात्र चलचित्र प्रदर्शनले भव्यरुपता लिने बताउनुभयो ।
आयोजना गरिएको अन्तक्रिर्या कार्यक्रममा नेपाल चलचित्रका निर्माता निर्देशक र कलाकारहरुको समेत उतिकै सहभागीता रहेकोे थियोे । महोत्सवमा उपस्थित सबैले झासङ्ग चलचित्र जगतमा कसरी अघि बढ्ने तरिकाहरु समेत सोधेका थिए ।
प्रतिक्रिया