नेपाल र अमेरिका विचको खेल नेपालको विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइसिसि मेन्स वल्र्ड कप लिग २ को त्रिकोणिय क्रिकेट सिरिजमा आज भएको नेपाल र अमेरिका विचको खेल नेपालले ८ विकेटले जितेको छ।
टस जितेर फ़िल्डीङ्ग रोजेको नेपालका बलरहरु सामु धरासाही बनेको अमेरिकाले निर्धारित ५० ओभरको खेलमा १२ ओभरको खेल सकिदा सम्म ३५ रन बनाउदा आफ्नो सबै १० विकेट गुमाएको थियो।

३६ रनको विजयी लक्ष्य पाएको नेपालको सुरुवाती ओपनरद्धय सुबास खकुरेल शुन्य रन र ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुदा क्रम केहि क्षणका लागि दवावमा परेको थियो। नेपालको जितका लागि पुर्व कप्तान पारस खड्काले १२ बल्लको सामना गरेर ३ चौका र १ छक्का सहित २० रन बनाउदा दिपेन्द्र सिंह एरिले ११ बल खेलेर २ चौका र १ छक्काको मदतले १५ रन बनाए।

नेपालको बलिङ्ग तर्फ सन्दिप लामिछानेले ६ ओभरमा १ ओभर मेडन फाल्दै १६ रन दिदै६ विकेट हात पारे। एकदिवसीय खेलमा सराहनीय प्रदर्शन गर्दै आएका शुशान भारीले ३ ओभरमा १ ओभर मेडन फाल्दै ५ रन दिदै ४ विकेट लिदा करन केसी आज विकेट विहिन रहे । आज भएको खेलमा सन्दिप लामिछानेको सर्वोकृष्ट खेल प्रदर्शन भएको छ । नेपालविरुद्ध रहेको अमेरिकाको लागि नेपालले कुनै पनि अवसर सिर्जना हुन दिाएको थिएन । निर्धारित ५० ओभरको खेलमा १२ ओभर खेल्दै १० विकेट गुमाउदै ३५ रन बनाउन सफल भएको थियो ।