फागुन २ मा प्रदर्शन हुँदै लब डायरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नायक सुशील श्रेष्ठ ,नायिका रुबिना थापा र बिश्वजित रिमालको मुख्य अभिनय रहेको चलचित्र ‘लभ डायरीज’ आगामी शुक्रबार  फागुन २ गते रिलिज हुँदै छ। फेब्रुअरी १४, भ्यालेन्टाईन डेका दिनबाट नेपाल अधिराज्यभर रिलिज हुने उक्त चलचित्र अष्ट्रेलियाको मेलबर्नमा समेत एकसाथ रिलिज हुदै छ।

मधु बास्तोलाको कथा एवम् पट कथा रहेको चलचित्रलाई सौरव चौधरीले निर्देशन गरेका छन्।बिनोद सापकोटाको निर्माण रहेको छ चलचित्रमा संजय लामाको छायांकन,विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन पोख्रेलको संगित, सुगम पोख्रेल र स्वेक्षा ठकुरी, बाल गायिका कमला घिमिरेको स्वर रहेको छ भने दृघ खडका र मिलन लामाले सम्पादन र साहिल खानको कम्पनी मुभी कम्पनीले पोस्ट प्रोडकसन गरेको छ ।साथै यस चलचित्रमा साहिल खान एसोसिएट डिरेक्टरका रुपमा समेत आवद्ध छन् ।

काठमाडौंको गोकर्ण हाउसमा चलचित्र ‘लभ डायरीज’ निर्माण युनिट सहित लायन्स कलव र पर्यटन व्यावसायीहरुको उपस्थितिमा पत्रकार सम्मेलन कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य दिपक महत, नेपाली कांग्रेस धादिङका जिल्ला सभापति रमेश धमला, युवा पर्यटन व्यावसायी तथा नेकपाका उद्योग व्यावसायी बिशेष जिल्ला कमिटिका अध्यक्ष कमल सापकोटा, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)का अध्यक्ष अच्यूत गुरागाँई, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, युवा पर्यटन व्यावसायी तथा टानका पूर्व कोषाध्यक्ष अञ्जन थापा(कुमार), बरिष्ठ पर्यटन व्यावसायी केशब पाण्डे र राष्ट्रिय पर्यटन पत्रकार संघ –नाटोज)का केन्द्रिय अध्यक्ष शिव अधिकारी अबिरल लगायतले बिनोद सापकोटाको कार्यको प्रशंसा गर्दै यो चलचित्रको प्रोमोसनको लागि आफू र आफ्नो संस्थाको तर्फबाट हरसंभव रुपमा लागिपर्ने बताउनुभयो । उनीहरुले सम्पूर्ण पर्यटन व्यावसायीहरुलाई यो चलचित्र हेर्नको लागि पनि आह्वान गर्नुभएको छ ।