बुझने शक्ति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brain

आचार्य श्री स्वामी ध्रुव
जुन बेला सम्म फलाम कठोर ( ठोस ) रहन्छ , त्यो बेला सम्म बलियो रहन्छ, शक्तिशाली रहन्छ । जब त्यही फलाम द्रव्यरुपमा आउछ । त्यो बलियो रहदैन,शक्तिशाली रहदैन । एकदमै कमजोर भई हाल्छ । त्यस्तै हामीमा बुझनेशक्ति छ भने हामी पनि शक्तिशाली रहन्छौ । बुझनेशक्ति छैन भने निराशा, हीनभावना, असंतुष्टिका भाव आइ हाल्छ ।
बुझने क्षमता नै शक्ति हो । हामीलाई यस कुरालाई याद राख्नु पर्छ । जीवनमा सफलता प्राप्त गर्नको लागि हामीलाई सबै भन्दा पहिला आफनो कमी कमजोरी पता लगाउनु पर्छ । जबकि हाम्रो सारा जीवन अर्काको कमी कमजोरी पत्ता लगाउनमा गई हाल्छ । जसरी राम्रो जुत्ता भएमा बाटोका ढुंगा हामीलाई केहि गर्न सक्दैनन् । तर जूत्ताभित्र एउटा सानो ढुंगा पस्यो भने हामीलाई पाइला चाल्नै समेत गाह्रो हुन्छ । त्यसै गरी मान्छेहरु आपनो कार्यक्षमतालाई राम्ररी उपयोग गर्दैनन् । यस कारणले पनि कार्यमा रुकावट र असफलता आइरहेको हुन्छ ।
यस कारण कार्यक्षमतालाई प्रबन्धन गर्नु पर्छ । यसको लागि सबैभन्दा पहिला हामीलाई आफनो बुझने शक्तिको स्तरलाई जाँच गर्नु पर्छ । किनकि दिनभरि हामी एक अर्काको कुरा सुन्छौ, त्यसको जबाब दिन्छौ र त्यसको अनुसार कार्यपनि गर्छौ । कुरालाई राम्रो तरीकाले बुझे न भने त्यसको परिणाम पनि राम्रो हुँदैन । मानसिक चंचलताले गर्दा हामी आफनो बुझने शक्तिको उपयोग गर्दैन ।
एक पटकको कुरा हो गौतम बुद्ध रात्रिकालीन प्रवचन गरिरहनु भएको थियो । प्रवचनको अन्त्यमा वहाँले भन्नु भया,े अब तिमीहरु जाउँ र आजको अन्तिम कार्य गरेर विश्राम गर्नु । यो कुरा सुने पछि भिक्षुहरु अन्तिम कार्य भन्नाले ध्यान–साधना गरयो र विश्राम गरयो । त्यो प्रवचनको कार्यक्रममा केही नर्तकीहरु पनि सामेल थिए उनीहरुले आफ्नो अन्तिम कर्म नृत्य गर्नु भन्ने ठानेर नृत्य गरी र सुते । त्यस कार्यक्रममा केही चोरहरु पनि सामेल थिए तिनल े बुझे कि हाम्रो अन्तिम कर्म चोरी गर्नु हो । यस कारण उनीहरु चोरी गरयो र सुत्यो । यसबाट देखिन्छ एउटै आदेशलाई बेग्लाबेग्लै मान्छेले आ–आफनो तरीकाले बुझयो र त्यस्तै गरयो ।
यस जगतमा सबै व्यक्तिहरुको स्मरणशक्तिको स्तर बेग्लाबेग्लै र फरक खालको हुन्छ । सबै मान्छे आफनो–आफनो विगतका अनुभव र वर्तमानको मनःस्थितिको अनुसार कुराहरुलाई बुझछन् । यसै कारणले नब्बे प्रतिशत कुरा सत्यबाट धेरै टाढा रहन्छ । हामी सबै कुनै पनि कुराबाट आफनो आवश्यकतानुसार अर्थ र मतलब निकालछौ । पहिला कुरालाई सुन्नु पर्छ त्यस पछि सम्झिनु पर्छ । तर मान्छेहरु सुन्नु बेला सम्झिन थाल्छन् ।
बुझने शक्ति को प्रकार—
१.अति सामान्य—यस प्रकारको मान्छेहरु को संख्या जगतमा बढि छ । मेरो विचारमा ७०प्रतिशत भन्दा बढि नै होला । यस्तो व्यक्तिहरुको बुझने शक्ति एकदम सामान्य र आधारहीन रहन्छ । कुनै पनि विचारको पछाडी बगी हाल्छ र आफनो बुझने शक्तिको उपयोग गर्दैन । कुरा सुन्न र बुझन हतार गर्ने गर्छ । यहाँ सम्म कि अर्काको कुरालाई आफनो कुरा भन्ने ठानेर झगडा र विवाद पनि गर्न थाल्छ । दुःखी पनि हुन्छ । कुनै पनि कुराको गहराईमा जाँदैन । सुनने बित्तिकै आफनो तरीकाले मतलब निकाल्ने गर्छ । अर्काले समझाउन खोज्यो भन्ने यसको कुरा न मान्ने र जिददी गर्ने हुन्छ । यिनीहरुको स्मरणशक्ति नकारात्मक सोचबाट नै शुरु हुन्छ । नकारात्मक सोचबाट प्रेरित भएर गरेको कार्यले अशांति र असफलता मात्र दिन्छ । यिनीहरुलाई एउटा भ्रम पनि हुन्छ कि हामीलाई सबै थाह हुन्छ ।
२.सामान्य— यस प्रकारको मान्छेहरु पनि जगतमा २० प्रतिशतको हाराहारीमा हुन्छ होला । यिनीहरुको बुझने शक्ति को पनि कुनै खास मतलब हुँदैन । किनकि आफनो समझको आधारमा जुन कुरालाई अहिले भन्छन केही दिन पछि त्यसै कुराको विरोधमा गई हाल्छ । तर अति सामान्य भन्दा यिनीहरुको स्तर अलि ठीक हुन्छ । किनकि अर्काको भनाई सुन्छ र तर्कसंगत भयेपछि मान्छ पनि । र एकदमै नकारात्मक पनि हुँदैन र सकारात्मक पनि हुँदैन ।
३.विशेष —यस प्रकारको मान्छेहरुको बुझने शक्ति निश्चितरुपमा विशेष हुन्छ । यिनीहरुको प्रतिशत दस भन्दा कम हुन्छ । किनकि यिनीहरु कुनै पनि कुरालाई सकारात्मक रुपमा नै हेर्छ । कुरा सुन्न र बुझ्नका लागि हतार गर्दैन । यस्तो ब्यक्तिहरु धैर्यवान तथा शान्त प्रवृत्तिका हुन्छन् ।
सामान्यतया दैनिक जीवनमा कुनै पनि बेला कुनै पनि कुरा जब हामी सुन्छौ र पढ्छांै त्यो बेला अत्यधिक चञ्चलता र सोचाईको कारण त्यस कुराको सत्यता हामी बुझन सक्दैन । हाम्रो मन जति शान्त हुन्छ त्यति नै एकाग्र हुन्छ । मन जति एकाग्र हुन्छ त्यति नै हाम्रो स्मरणशक्ति राम्रो हुन्छ । तर अधैर्य, अज्ञानता, अहंकार तथा हीनभावनाले गर्दा जहिले पनि आपूmलाई सही र अर्कालाई गलत ठानी रहेको हुनन्छ । मनोवैज्ञानिकहरु भन्नुहुन्छ सामान्यरुपमा कोई कसैको कुरा सुन्दैन, किनकि एक जना जब बोलि रहन्छ, अर्का त्यस बेला सोचि रहन्छ कि यसलाई चुप भए पछि मलाई कि बोल्ने हो ।

अब एउटा विशेष कुरा के छ भने — सबैलाई सबै कुरा थाह छ, थाह हुँदा हुँदै पनि हामीले त्यो ज्ञानको कुरा जीवनमा उपयोग गर्दैनौं । किनकि कुनै पनि कुरालाई मान्छे बाध्यता वशः मात्र पालना गर्छ । जहिले पनि हामी बाहाना बनाएर वा आलस्य तथा अज्ञानताले गर्दा ज्ञानको कुरालाई उपयोग गर्दैनौं ।

हाम्रो मनको विचारहरुको प्रवाह र स्तर विशेषरुपमा चौबीस घंण्टामा दुई पटक निर्धारित हुन्छ । पहिलो पटक राति सुत्ने बेला तथा दोश्रो पटक भोलीपल्ट उठने बेला । जसरी राति सुत्ने बेला मन शान्त छ भने निद्रा पनि राम्रो आउँछ र विहान उठे पछि मन शान्त रहन्छ । तर सुत्न बेला मनमा अशांन्ति वा तनाव छ भन्ने विहान उठेपछि पनि मन अशान्त नै रहन्छ । त्यस्तै प्रातःकाल मनमा शान्तिको स्तर राम्रो छ भने दिनभरि मानसिक संतुलन र एकाग्रता राम्रो रहन्छ ।
यस कारण रात्रि सुत्न बेला र विहान उठने बेलाको मानसिक स्थितिलाई सन्तुिलत गर्नको लागि हामीलाई एउटा सानो क्रिया (ध्यान प्रयोग) गर्नुपर्छ । राति सुत्नु भन्दा पहिला सुतेर नै कम्तीमा पाँच मिनेट मात्र पनि मनलाई एकाग्र गरेर सुत्नुभयो भने मानसिक क्षमतामा वृद्धि हुन्छ । यसको लागि एउटा हाथ नाइटोमा राख्ने र आफनो ध्यान नाइटोमा लगायेर मनलाई एकाग्र गर्ने प्रयास गर्ने ।
साथै विहान उठे पछि आफनो स्मरणशक्ति र मनोबल बढाउनको लागि हामीेलाई दैनिक जीवनमा एउटा ध्यान गर्न जरुरी छ । यसको लागि नित्यक्रियाबाट मुक्त भयेर सुखासन वा पदमासनमा १० मिनट सम्म दुबै हाथको औला एक अर्कामा फसायेर बस्ने, त्यस पछि आँखा बन्द गर्ने र जिब्रोलाई तालुमा टास्ने, अब समग्रताको साथ आफनो सारा ध्यान जिब्राको अग्रभागमा लगाउने । यस बीचमा मनमा धेरै कुराहरु खेलि रहन्छ तर त्यसको साथ नबन्ने । सके सम्म वर्तमानमा मानै बस्ने । यस्तो प्रतिदिन गरे भने दुई देखि तीन सातामा पनि यसको प्रभाव हेर्नु पर्छ ।

लेखक स्प्रिच्युअल ऑफ माइंड मैनेजमेन्टको प्रणेता हुनन्छ ।