नेपालको भारी किकमा भारत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सधै अन्तराष्ट्रिय जगतको रेस्लिङको चर्चा परिचर्चा भइरहदा अहिले त्यो चर्चा सेलाउने अवस्था नेपाली खेलाडी सिर्जना गर्न सफल भएका छन् । नेपाली खेलाडीको चर्चा परिचर्चा कम हुने र अन्तराष्ट्रिय खेलाडीको बढी हुने प्रचलन थियो, तर अहिले नेपाली खेलाडी पनि त्यस चर्चाको पात्रका लागि योग्य भएको आज नेपाली खेलाडी स्किोरपियोन( हिक्मत थपलिया ) आज प्रमाणिकरण गर्न सफल हुनुभएको छ । नेपालभन्दा भारत केहि समय अगाडी खेलकुदमा निकै अगाडी रहेको देश पनि हो तर अहिले नेपाली खेलले भारताई पनि उतिकै टक्कर थालेका छन् । विगतको तुलनामा नेपाली रेस्लिङ त्यति रोमाञ्चक थिएन , तर अहिले समयले फड्को मारेसँगै नेपाली खेलले पनि उतिकै फड्को मार्न सफल भएको छ ।

आज चन्द्रगिरी नगरपालिकाले गुर्जुधारामा आयोजना गरेको खेलमा आज भारत विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन भएको छ । भारतका शाका विरुद्ध नेपाली खेलाडी द स्किोरपियोन मैदानमा उत्रनु भएको थियो । चारैतिर नेपाली खेलाडीका हुटिङले मैदानमा रौनकता छाएको थियो । सारा दर्शकका मुखमा नेपाली खेलाडीको नाम उच्चारण भइरहेको थियो । चचारैतिर खेल मैदानमा नेपालको नाम उच्चारण भएसँगै नेपाली खेलाडीलाई एउटा थप उर्जा प्रकट भएको थियो । थप उर्जाको प्रकट भएसँगै भारतका लागि नेपाली रेस्लिङ खेलाडी स्किोरपियोन भारतका लागि भारी हुनुभएको थियो । भारतका खेलाडी शाकाका लागि एउटा ठुलो चुनौती बन्नुभएको थियो ।

 

स्किोरपियोनको यो पृथक प्रयासले नेपाली खेलाडीको नाम र नेपाली खेल पनि अन्तराष्ट्रिय खेल बराबरको छ भन्ने प्रमाणिकरण भएको छ । नेपालले यतिकै रोचक खेल खेल्दा अन्तराष्ट्रिय खेदकुद जगतमा नाम नचल्ला भन्न नसकिने धारणा र विश्वास चन्द्रगिरीका स्थानीयहरुको रहेको छ । यस्तै खेल खेल्ने हो भनि नेपाली रेस्लिड. खेलले विश्वमा तहल्का मचाउने भनाई चन्द्रगिरीबासीहरुको रहेको छ ।