वज्रयानी महाविहारलाई काठमाडौं महानगरको ४.२९ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२५ माघ ।   काठमान्डौ महानगरपालिकाले बुद्ध जन्मस्थल  लुम्बिनीमा नेपाल वज्रयानी महाविहार निर्माणका लागि ४ करोड २९ लाख १८ हजार रकम सहयोग गरेको छ।
नेपाल वाज्रमहाविहार निर्माणका लागि लुम्बिनी संस्कृति नगर र लुम्बिनी विकास कोषका पदाधिकारिहरुको अनुरोध पश्चात आज काठमान्डौका महानगर प्रमुख विध्यासुन्दर शाक्यले बौद्ध धर्मका प्रचारक गुरुजु प्रा डा नरेशमान बज्राचार्यलाई उक्त रकमको चेक हस्तान्तर गर्नु भएको छ। २०० जना भन्दा धेरैको उपस्थिति रहेको चेक हस्तान्तरण कार्यक्रममा स्वागत मन्तब्य राख्दै काठमान्डौ मनपाकि उपप्रमुख हरिप्रभा खड्किले संस्कृति हराए नेपालीहरुको पहिचान विश्व स्तरमा हराउदै जाने भएकोले लुम्बिनी जस्ता एतिहासिक ठाउको विकासका लागि काठमान्डौ महानगर सधै तैयार रहने बताउनु भयो।
    नेपालमा धेरै मात्रामा विहारहरु भए पनि महाविहार नभएकोले बौद्ध धर्म र संस्कृति बचाई राख्न र आउने पिढी सम्म अवगत गराई रहन चुनौती बढ्दै गएको बेला काठमान्डौ महानगरको सहयोग संजीवनी बुटी साबित भएको धर्म गुरुजु प्रा डा नरेशमान बज्राचार्यले बताउनु भयो।
बौद्ध धर्म बारे वृहत रुपले अध्ययन,अनुसन्धान,खोज तथा प्रचारप्रसार गर्ने ठाउलाइ महाविहार बताउने लुम्बिनी विकास कोषका उपाध्यक्ष  मेत्तेय्यका अनुसार,” १३ औ शताब्दीमा भारतका विभिन्न शहरबाट विहारहरुको अन्त्य गरे संगै धर्म गुरुहरुले नेपालमा प्रवेश गरेर बौद्ध धर्म बारे ज्ञान,उपदेश दिदै हिड्ने क्रममा साना साना विहारको स्थापना गरे ।
पछि पछि संस्कृतिको विकास हुदै जादा बौद्धका अनुयायीहरुको चासो पढेको र आज विश्व सम्म नै पुग्न सफल भएको छ। एसियाको तारा भनेर विश्व भरि चिनिने सिद्धार्थ गौतम बुद्धको नामले नेपाललाई संसारमा परिचित गराउन मुख्य पक्ष मानिएको तर बौद्ध कै जन्म स्थान लुम्बिनीको अवस्था दैनिय रहेको प्रति  चिनिया नागरिकहरुको दुखेसो सुनेर कुनै बेला भाभुक बनेका मेयर शाक्यले मन्तब्य राख्दै सो घटना बारे खुलासा गर्नु भएको थियो ।”
चेक ग्रहण लगतै मन्तब्य दिन आएनु भएका लुम्बिनी संस्क्र्ति नगरका नगर प्रमुखले काठमान्डौ महानगरपालिका र सबै जनाप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो। कामपा प्रमुख शाक्यले समापन सम्बोधन गर्दै निर्माण कार्यको अभिलेखमा कुनै हेल्चाक्रयाई न गर्न गर्न सचेत गराउनु भयो।