सम्हालिन्छ कहिले मन’ ०७७ को तिजमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। २०७७ भदौ ५ गते तिजको अवसर पारेर रिलिज गरिने भएको छ |

पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’निर्माणको लामो समयसम्म प्राविधिक कारणबस रिलिज हुन नसकेको सिनेमा भदौ ५ मा  रिलिज हुने अजित कुमार थापाले जानकारी दिनुभयो ।
सुदर्शन थापाको निर्देशनमा बनेको सिनेमामा पूजा, आकाश र सोनमसँगै सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय रहेको छ।

लण्डन, स्कटल्याण्ड र वेल्समा छायांकन गरिएको यो चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको छ । निर्मातामा अजितकुमारसँगै अमित बस्नेत रहेको छन् । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह(निर्माता छन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ ।