पद्मकन्यामा विद्याश्रममा वृहत शैक्षिक प्रदर्शनी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


२४ माघ । काठमान्डौ डिल्लीबजार स्थित पद्मकन्या विधाश्रमा माध्यमिक विधालयमा अध्ययनरत विधार्थीले बनाएका विभिन्न शैक्षिक सामग्रीहरुको वृहत प्रदर्शनी सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत कक्षा छ देखि १२ सम्मका विज्ञान, इञ्जिनियरिङ, गणित स्वास्थय विषयसँग सम्बन्धित निर्माण गरिएको सामग्रीहरु   स्टलको प्रयोग गरि प्रदर्शनी गरेका थिए।
७२  वटा स्टल राखिएको प्रदर्शनीमा उपत्यकाका ५० भन्दा बढी निजि तथा सामुदायिक विधालयका  २००० जना शिक्षक तथा विधार्थी द्धारा अवलोकन गरिएको शिक्षक उज्वल खनालले जानकारी दिनु भएको छ। प्रदर्शनीमा अध्याधुनुक मेसिन,अग्ला भवन,रेल,सुबिधा सम्पन्न अस्पताल, ट्राफिक भिड न्यूनीकरणका लागि व्यवस्थित पार्क, झुलुङ्गे पुल, अन्डर ग्राउण्ड  बाटो, रोबोट , सुक्ष्म दर्शन यन्त्र,विधुतीय उर्जा उत्पादनको नमुना,पद्मकन्या विधाश्रमको  भवन आदिको नमुना प्रदर्शन गरिएको शिक्षक खनालले बताउनु भयो।
सबै शिक्षकहरुको पहलमा प्रदर्शनी सफल भएको र विधार्थीहरुमा उत्साह देखिन पाउदा खुशी व्यक्त गर्दै  आगामी दिनमा यस्ता कार्यलाइ निरन्तरता दिदै जाने मनसाय,प्रधानाध्यापिका रिता तिवारीले प्रकट गर्नु भएको छ।