संघर्ष गरे अवस्य सफलता प्राप्त हुन्छ । नेपाली भुमिमा रेस्लिङ खेलको अस्मिता र भगवति रेस्लिङ हेर्दा त यतिबेला नेपाली रेस्लिङले फड्को नमार्ला भन्न सकिन्न । भगवती नेपालका पहिलो महिला रेस्लिङ खेलाडी हुनुहुन्छ । उहाले नेपालबाट सुरुवात गरेको रेस्लिङको खेलले नेपाली खेलकुद जगतको महिला रेस्लिङले यतिबेला अन्तराष्ट्रिय खेलमा एउटा राम्रो र प्रशसनीय भनाई बटुल्न सफल भएको छ । अव्यवस्थित रिगंबाट यात्रा उहाँले सुरु गर्नुभएको थियो । भारती चलचित्रमा अभिनय गर्दै गर्दा उहाँले अभिनयसँगै खेलकुद जगतलाई पनि अगाल्न पुग्नुभएको थियो । उहाँको रेस्लिङ खेल हेर्ने सबै रेस्लिङको प्रशंसा गर्न थाल्ने गरेका हुन्छन् । एकातिर विदेशी रेस्लिङले मान्यता पाइरहेको बेला बिभिन्न चुनौतीको सामना गर्दै पनि नेपाली रेस्लिङलाई उतिकै माया गर्ने नेपाली खेलकुलका सफल उदाहरण हुनुहुन्छ भगवती । आज पद्मोकन्या कलेजमा आयोजना गरिएको रेस्लिङमा उतिकै उत्कृष्ट रेस्लिङ देखाउन अस्मिता र भगवती सफल हुनुभएको छ । हरेक महिलालाई अघि बढ्नु एउटा चुनौतिरुपि हुन्छ त्यस्तो अवस्थामा पनि आफुसँग अरुलाई पनि अगि लानुपर्छ भन्ने सोच भएको एउटा उत्कृष्ट रेस्लिङ खेलाडी हुनुहुन्छ ।
नपत्याउने खोलाले बगाउँछ भने झै भएको छ अस्मिता जुरेलीको जीवन कक्षा १० पढदा देखि नै रेस्लिङमा रुचि राख्दा कसैले प्रगति गर्छ भनेर भन्दा यतिबेला ति भन्नेहरु नै भ्रममा परेजस्तो बनाउन सफल भएका छन् । यतिबेला आफुलाई सिकाउने गुरुलाई नै टक्कर दिने बन्न सफल भएको हुनुुहुन्छ जुरेली । कुनै समय अगाडि रेस्लिङमा जुरेलीले के गर्छ भन्नेहरुको बीचमा यतिबेला जुरेली बिना नेपाली रेस्लिङ अधुरो हुने एउटा छुद्दै प्रकारको नाम छ । अस्मितालाई रेस्लिड. जगतमा रेस्लरर भगवतीले ल्याउनुभएको थियो । नेपाली कथानक चालचित्रको सुटिड.को क्रममा भगवतीलाई भेटाएर रेस्लिङ जगतमा ल्याउनुभएको थियो ।
पद्मायोकन्या कलेजमा आयोजित प्रतियोगितामा भगवती र अस्मिताकै प्रतिस्पर्धा परेपनि पतियोगीतामा रौनकता छाएको थियो । सबै दर्शकको हुटिङ पाइरहदाँ हुटिङलाई कायम राख्न असफल भएपनि उक्त खेलले नेपाल खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको मन बहकिएको थियो । भगवती नेपालको पहिलो महिला रेस्लर भएपनि अस्मितालाई हराउनु भगवतीको लागि भारी भएको थियो । थियो केहि समयको भारी प्रयासपछि अस्मितालाई हराउन पुगे पनि खेल मैदनमा अस्मिताकै नाम उच्चारण रहि रहेको थियो ।
प्रतिक्रिया