” अपेक्षा र गुनासो सम्बोधन गर्छौं”: नगरप्रमुख महर्जन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२३ माघ। कीर्तिपुर नगरपालिकाले आफ्नो पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ। १९ वर्षको अन्तरालपछि जनप्रतिनिधि पाएको नगरपालिकाले पहिलो सार्वजनिक सुनुवाई नै बल्ल गर्नुलाई नै गुनासोको विषय बनाए
नगरबासीले । सुनुवाईमा नगरबासीले उठाएका प्रश्न र गुनासोलाई नगरप्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का र प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले सम्बोधन गर्नुभएको थियो ।
नगरपालिकाका १० वटै वडाध्यक्ष उपस्थित रहेको सार्वजनिक सुनुवाइमा अधिकांश वडाले जनताको मन जित्न गरी काम गर्न थप मेहनत गर्नुपर्ने देखियो । कार्यक्रममा प्रस्तुत एक सर्वेक्षण नतिजाअनुसार नगरपालिका तथा वडा कार्यालयको काम गराई सुर्धानुपर्नेमा ६५
प्रतिशत जनताले अभिमत जाहेर गरेका छन्। नगरपालिकाले सर्वेक्षण

गरेर प्रस्तुत गरेको तथ्यांक अनुसार २०६८ को जनगणनाले ६५ हजार देखाएको तर हाल अनुमानित १ लाख जनसंख्या भएको कीर्तिपुर नगरपालिकामा शत प्रतिशत साक्षरता रहेको छ। १७ दशमलव ८९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नगरपालिकालाई पूर्ण खोप मुक्त तथा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिसकिएको छ । कार्यक्रममा यसलाई उपलब्धीको रुपमा प्रस्तुत गरिए पनि घरपालुवा कुकुरलाई घुमाउन लग्दा जथाभावी सडकमा गर्ने गरेको दिसालाई व्यवस्थित गर्न भने बाँकी रहेको नगरबासीले औंल्याए
सल्लाह दिदै नगरप्रमुख महर्जनको ध्यानाकर्षण गराएका थिए ।
वडा नम्बर ६ का वासिन्दा

विनोद बस्नेतले सुचना माग गर्दा अटेर गरेको साथै उजुरी दिएकोमा सुनुवाई समेत नगरिदिएको गुनासो राख्दा जवाफमा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले यो अन्तिम गल्ति बुझेर बिर्सिदिन् आग्रह गर्दै फेरी नदोहरिने आसवासन दिनु भएको थि

यो। नगरपालिका १२० किलोमिटर भएको बाटो मध्ये ४० किमि कालोपत्रे,३० किमि ग्रेभालिंग र ५० किमि अझै कच्ची बाटो निर्माणको क्रममा रहेको प्रमाण नगरपालिकाले पेश गरेको छ। सबै वडामा समान खानेपानीको पहुच नभएको स्थानीय वासिन्दाहरुले आरोप लगाइरहेको बेला नगरप्रमुख महर्जनले पाइप विस्तारको काम सम्पन्न भइसकेकोले चाडै यो समस्या समाधान हुने जवाफ दिनु भयो।

फोहोर व्यवस्थापन,महिला सशक्तिकरण जस्ता तालिम प्रदान गराइसकेको नगरपालिकाले बालबालिका तथा फरक क्षमता भएकाहरुका लागि नगरप्रमुखले आगामी दिनहरुमा यस्ता कमीकमजोरीलाइ सुधार गर्दै जाने प्रतिबध्ता गर्नु भएको थियो।

हाल नगरपालिकाले कीर्तिपुरको प्रसिद्ध पुरानो बस्ति संरक्षण ,खेलकुद मैदान व्यवस्थापन,भुस्याहा कुकुर व्यवस्थापन,सार्वजनिक यातायात व्यवस्थित,सामुदायिक विधालयको समस्या समाधान,कीर्तिपुरको सांस्कृतिक,एतिहासिक तथा प्राकृतिक सौन्दर्यता झल्किने पुस्तक प्रकाशन तथा आउदो वैशाख १६ गते देखि २० गते सम्म कीर्तिपुर महोत्सवको आयोजना गर्ने लक्ष्य रहेको छ।