विश्वकै सर्वोच्च स्थानमा पहिलो पटक स्केटिड. र आइस हक्की 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सोलुखुम्बुको गाेक्यो तालमा  विश्वकै उच्चस्थानको आइस हकी खेल तथा स्केटिड. हुने भएके छ | यसबारे जानकारी दिन  नेपाल भ्रमण वर्ष २०२० द्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी  दिइएको हो |

विश्वकै अग्लो स्थानमा आइस हकी र स्कि खेल्न जाँदै गरेको टोली र नेपाल भ्रमण वर्षका पदाधिकारीहरू

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न  यो कार्यक्रम आयोजना गरिएको हो।

यसैअन्तर्गत नेपाल भ्रमण वर्ष २०२०ले पर्यटकका लागि नयाँ उत्पादन उपलब्ध गराउने र नयाँ पर्यटकीय गन्तब्य स्थापित गर्ने उद्देश्यले उच्च हिमाली भेगमा नयाँ खेल पर्यटनको विकास गर्ने लक्ष्य अनुसार, सगरमाथा क्षेत्रको गोक्यो ताल (तेश्रो) मा आगामी फ्रेबुअरी १४ का दिन मैन्त्रीपूर्ण आइस हक्की र आइस स्केटिङ प्रतियोगिता आयोजना गरिएको जानकारी कार्यक्रममा दिइयो ।

नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले  क्षेत्रमा धेरै खर्च गरेर जाने पर्यटकलाई आकर्षित गर्न र अफ सिजनमा समेत नेपालमा पर्यटकहरुलाई भित्र्याउनका लागि यो खेल महत्वपूर्ण हुने विश्वास गरिएको बताउनु भयो  । “हिमाली क्षेत्रमा आइस हकी र स्किका साथै माउन्टेन बाइक र फिसिड. पर्यटनको ठूलो सम्भवाना रहेको क्षेत्र हो, ” उहाँको भनाइ थियो
उहाँका अनुसार विश्वभरी खुला तालमा हुने यस्ता प्रतियोगिताहरु प्रसिद्ध भइरहेका बेला नेपालको हिमाली क्षेत्रमा रहेको ठूलो संभावनालाई नेपाल भ्रमण वर्षले एउटा नयाँ उत्पादनका रुपमा अन्तर्राष्टिय क्षेत्रमा परिचित गराउने लक्ष्य अनुसार यो खेल आयोजना गरेको हो ।
गोक्यो ताल सोलुखुम्बु जिल्लाको ४७९० मिटर उचाईमा अवस्थित छ । यो प्रतियोगिता संसारकै अग्लो स्थानमा आयोजना हुने पहिलो आइस हक्की र आइस स्केटिङ प्रतियोगिता पनि हो ।

रामसार क्षेत्रमा सूचीकृत गोक्यो क्षेत्र हिमताल र मनमोहक हिमाली दृश्यका लागि आकर्षक मानिन्छ । यस ठाउँमा स्वदेशी तथा विदेशी पर्यटकको मूख्य रोजाइको क्षेत्र पनि हो । सगरमाथा राष्ट्रिय निकुन्ज भित्र रहेको यो तालमा पानी जमेर अहिले आइस हक्की र आइस स्केटिङ प्रतियोगिताका लागि उपयुक्त स्थानका रुपमा रुपान्तरण भएको छ । यो खेल हुनुपूर्व अमेरिकी विशेषज्ञहरुले तीन सातासम्म स्थलगत अध्ययन गरी सो क्षेत्र खेलका उपयुक्त भएको निश्कर्ष निकालिएको हो । गोक्यो क्षेत्रमा ६ वटा मुख्य तालहरू रहेका छन । सन् २००७ देखि गोक्यो ताल रहेको ७,७७० हेक्टर (लगभग ३० वर्ग मिटर) क्षेत्रलाई रामसार क्षेत्रको रूपमा घोषणा गरिएको थियो ।

कार्यक्रममा बोल्दै अन्तरार्ष्ट्रिय स्कि खेलाडी लाउरा कोटेस्कोले आफुले अमेरिकाको कोलोर्याडो क्षेत्रमा धेरै स्कि खेले पनि नेपालको अनुभव जीवनभर कै सर्वाधिक रोमान्चक हुन गइरहेको बताउनु भयो |

गोक्यो क्षेत्रमा हुन लागेको आइस स्केटिङ र आइस हक्की प्रतियोगितामा ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को समेत सहयोग रहेको छ । नेपालीले समेत नियमित अभ्यास गर्न सकुन भनेर अमेरिकास्थित ग्राफ स्केट्चले ३१ वटा स्केट्स सुज समेत सहयोग गरेको छ । त्यस्तै अमेरिकाकै स्क्रिन प्रिन्टिङ एन्ड कस्टम अप्पेरियलले हक्कीको लागि जर्सी र पक सहयोग उपलब्ध गराएको छ ।