कहिले ढुंगाको भारी बोके त कहिले इट्टाको भारी तर मजदुर गर्दै पहिलो गीत घामपानी बजार निकाल्नपुग्नु भयो फुर्वा तामाङ । पहिलो गीतबाट दर्शक श्रोताको उत्कृष्ट माया बटुल्न सफल हुनुभयो उहाँ । इलामका फुर्वा सानो उमेरमा नै ठूलो गायक बन्छु भनेर सपना बोक्नुएको तामाङको लागि गायन एउटा ठूलो चुनौती बन्यो । इलामबाट केही बन्छु गायक बनेर सबैलाई आफ्नो गीतमा नचाउने लामाको यात्रा सुरूमा पहाड चढनु जस्तै भयो। कति समय अघि सम्म गीत निकाल्ने उहाँको लागि निकै चुनौतीपूर्ण हुने गरेको छ । हरेक सफलको पछाडि ठुलो चुनौती आएको हुन्छ तर तामाङका लागि अरुको भन्दा फरक र पृथक चुनौती आउनपुग्यो । आफ्नो लक्ष्य पूरा गर्न फुर्वा कति खोलामा वालुवा चाल्ने , ढुङ्गा कुटेर गिट्टी बनाउने जस्ता कार्य उहाले गर्नु भयो । पहिलो गीत घामपानी पनि उहाँको ट्रेन्डिङमा पर्न पुगेको छ । सबैको ठूलो सपना हुन्छ,त्यस्तै उहाँको पनि ठुलो भएर सबैको नजरमा राम्रो हुनु भन्ने थियो । फुर्वा आफूले वालुवा चालेको , इट्टा बोकेको पैसा जम्मा गरेर घामपानी निकाल्दा गीतले त उत्कृष्टता पायो ट्रेन्डिङमा पर्यो तर उहाँको लागि यो गीतमा लगाउएको पैसा पनि गीतबाट उठेन त्यतिगर्दा पनि आफ्नो यात्रालाई निरन्तरता दिन सफल हुनुभयो ।
इलाम जिल्लामा दुर्गा तामाङ र तारादेवी तामाङको सन्तानका रुपमा जन्मनुभएका तामाङ समुदायका फुर्वालाई अगाडि बढ्नु निकै संघर्षरूपी बनेको छ । हरेकको सपना नै हुन्छ आफुलाई अगाडि बढाऔ भन्ने तर फुर्वाको लागि गीतले दर्शकको मन जिते पनि कतैबाट अवसर आएन मन्चमा पुगेर आफ्ना प्रतिभा अगाडि ल्याउने । आफ्नो यात्रालाई निरन्तरता दिने क्रममै उहाले धेरैको घर घर पुगेर घर रङ्गले रंगाउने कार्य गरिरहनुभएको छ । केही समय अगाडि आएका उदयमान गायक फुर्वा तामाङको एरोप्लेनले पनि उतिकै चर्चा लिदै ट्रेन्डिङमा पर्न सफल भएको थियो ।
हरेक जीवनमा एउटा समस्या हुन्छ , त्यसलाई समाधान गर्दै अघि बढेर हिड्ने व्यक्ति नै सफल भएको उदाहरणको रुपमा लिने गरिन्छ । धेरैले उहाको आवाज सुनेर अगाडि बढ्ने केटा होईन भन्ने गर्थे आज त्यही मान्छेहरुलाई आफू अन्धविश्वासमा रहेको अनुभव बनाउन पनि सफल हुनुभएको छ उहाँ । धेरै ठाउँहरूमा उहाको गीत सुनेर नचाच्ने त सायद बिरलै होलान् यो समय अहिले उहाँले गाउनुभएको उहाँको गीत विभिन्न स्थानमा विभिन्न माध्यमबाट बजिरहेका छन् ।
प्रतिक्रिया