एक महिना पहिले सुरुवात गरेको बोर्ड हटाउने अभियान फेरी निरन्तरतामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२२ माघ । काठमान्डौ महानगरपालिकाले एक महिना पहिला सुरु गरेको बोर्ड हटाउने अभियान फेरी निरन्तरतामा आएको छ । काठमान्डौ महानगरपालिकाको दृश्य प्रदुषण न्यूनीकरण गर्ने उदेश्यले करिब एक महिना पहिला सुरु गरिएको अभियान प्राविधिक समस्याका कारण केहि समयका लागी भने ठप्प भएको थियो । सर्वोच्च अदालतमा यस विषयमा गोप्य निवेदकको निवेदन परे पछि काठमान्डौ महानगरपालिकाले नगर प्रहरीलाइ बोर्ड हटाउने निर्देशन दिएको छ । घरको झ्याल छोपेर लगाइएको होर्डिङ्ग बोर्डले गर्दा शहरी दृश्य बिग्रिएको भन्दै बोर्ड हटाउन निर्देशन आएको नगर प्रहरी श्याम बहादुर सिलवालले बताउनु भएको छ । घरमा अचानक लागेको आगलागी अथवा दुर्घटना भएको बेला घरमा प्रवेश गर्नु पर्दा होर्डिङ्ग बोर्ड,फ्लेक्स बोर्ड,विज्ञापन आदिको बोर्डले झ्याल छेकिदा उद्धार कार्यमा समस्या भएकोले काठमान्डौ महानगरपालिकाले चार वटा सेक्टर बनाइ बोर्ड हटाउने कार्यलाइ निरन्तरता दिइएको उहाले बताउनु भयो।

पुर्व सेक्टर मातहत बानेश्वर,कोटेश्वर,चाह्वेल र बौद्ध लगायत क्षेत्र छन् भने पश्चिम सेक्टरमा बल्खु,कालिमाटी र माछापोखरी त्यसतै नया बसपार्क,महाराजगंज हुदै गोपी कृष्णा सिनेमा हाल सम्मको क्षेत्रलाई उतर सेक्टरमा राखिएको र रत्नपार्क एकोहोरो बाटो ,लैनचौर,जमल,असन क्षेत्रलाई मध्ये सेक्टरमा राखिएको सिलवालले बताउनु भएको छ।