राजनीति गर्न पार्टी कार्यालय जानुस्: मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकममा आन्दोलनरत कर्मचारीहरुसँग हिसाब किताब राख्ने चेतावनी  दिदै इमान्दारीतालाई अघि बढाएर लान आग्रह गर्नुभएको छ  । कर्मचारीलाई  राजनीति नगरी काममा समर्पित भएर लाग्न आव्हान गर्दै उहाँले भन्नुभयो,  “नीति गर्ने भए पार्टी कार्यालयमा जानुहोस्” , उहाँले भन्नु भयो  ।

नेपाल टेलिकमको  वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँ  नियमावलीको बिरोधमा  पहेंलो रंगको कागजलाई टोपी जस्तो बनाइ लगाएर समारोहमा उपस्थित भएका आन्दोलनरत कर्मचारीहरुतर्फ गर्दै मन्त्री बास्कोटाले भन्नुभयो, ‘स्यान्टा क्लज जस्तो बनाएर उभिनु भएको छ । राजनीति गर्नु छ भने पार्टी कार्यालय जानुस् । संस्थाभित्र चल्दैन ।’राजनीतिका लागि गरिने राजनीति जसरी भए पनि पराजित गर्ने भनाई  व्यक्त गर्दै मन्त्री बास्कोटाले भने, ‘यो विनाशकारी सोच हो, यो सोच हटाउनु पर्छ , कार्यालयमा आन्दोलन गरेर होइन इमानदारी भएर अघि बढ्दा सरकार कर्मचारीको कुरा सुन्ने र आफुखुसी गर्दा  त्यस्ताको  विरुद्धमा सरकारले  चुनौती दिने पनि  मन्त्री बास्कोटाले बताउनुभयो ।

कुनै पनि संस्थाको वार्षिक उत्सव समारोह आमा बराबर भएकोले आमाको बराबर खुसी दिदै हर्षित भएर उत्सव मनाउन मन्त्री बास्कोटाले आग्रह गर्नुभयो । यसै समारोहमा बोल्दै बास्कोटालेआमाको जन्मोत्सव जस्तै भएको भन्दै मन्त्री बास्कोटाले आमाको जन्मोत्सवमा त खुसी हुने हो, शंख बजाउने होइन । संस्थालाई माया गर्नुस् ’ भन्नुभयो ।

उहाले कार्यक्रमलाई सम्बोधन गर्दै , ‘टेलिकमलाई सरकारले कान्छा छोरा–छोरीलाईजस्तो माया गरेको छ, तपाईंले शोक मनाउने होइन । जन्मदिनको दिनको अवसरमा दु:ख नभएर खुसी व्यक्त गर्न आग्रह गर्नुभयो ।

वार्षिक उत्सवलाई सम्बोधनको क्रममा आन्दोलनरत कर्मचारीहरुविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै मन्त्री बास्कोटाले  ‘जसले स्पेसिफिकेसन बनाउन जान्दैन त्यो झण्डा बोकेर हिँड्या छ, ब्याट्रीसम्म चोर्नेहरु छन् । बिग्रेको टावर बनाउन नजान्ने इन्जिनियरहरु छन् । त्यस्तालाई म संरक्षण गर्दिनँ र त्यस्ता कर्मचारीलाई इमान्दारीताको साथ अघि बढे सफलता पाइने समेत उहाले बताउनुभयो ।

उनले राजनीति गरिरहे टेलिकम पनि टिम्बर कर्पोरेसन र गोरखकाली टावर उद्योग जस्तै धरासायी हुने र कर्मचारीहरु थोरै सेवा सुविधा लिएर बाहिरनु पर्ने चेतावनी दिए ।

आन्दोलन छाडेर सुधारमा ध्यान दिन सुझाव दिँदै मन्त्री बास्कोटाले कर्मचारीहरुलाई भने, ‘आज बेलुका सांगीतिक प्रस्तुतिसहितको पार्टी छ, त्यो पार्टीमा आएर रमाइलो गरेर समेत टेलिकमको वार्षिक उत्सव सम्पन्न गर्न आग्रह गर्नुभयो ।

१६ औं वार्षिक उत्सवको अवसर पारेर नेपाल टेलिकमले आजबाट फोर्जी सेवा देशभर उपलब्ध गराएको छ । नेपाल टेलिकमको करिव एकवर्षदेखिको तयार योजना आजबाट लागू भएको छ ।