सानैबाट ठूलो भएपछि नाम र दाम दुबै कमाउछु भनेर सोच्ने सुरजको कलाखेती जीवन एउटा दुर्घटनाका कारण काँडै काँडाँको बीचमा परे जस्तो भएको थियो । चारै तर्फ पीडा र दुःखहरु । आज यिनै काँडाहरूको बीचबाट फूलले जसरी सुगन्ध फैलाउन सफल भएको छ उहाँको जीवन । बाल्यकाल देखिनै गायनमा रमाउने भए पनि करिव ४ वर्ष अगाडि सम्मसमेत उहाँलाई गायन पेशा नै आफ्नो पहिचान बन्छ भन्ने थिएन । आफ्नो आर्थिक उत्थानको सपना बोकेर जापान जाने तयारीमा कालाखेती दुर्घटनामा पर्न पुग्नुभयो । त्यो दुर्घटनाले नै उहाको जीनवमा एउटा नया मोडको सिर्जना भयो । उहाँको जीवन वृत्ति जापान होइन गायनतर्फ मोडियो ।
संघर्षरूपी जीवनमा अवस्य सफलता हुन्छ भन्ने एउटा उदाहरणका पात्र हुनुहुन्छ सुरज कलाखेती । चितवन जिल्लामा माता लक्ष्मी कलाखेती र हरिबहादुर कलाखेतीको सन्तानको रूपमा जन्मिनुभएको थियो । धेरै कार्यक्रममा सहभागी हुने खोज्ने गरेका सुरज कार्यक्रममा गाउन नपाएर निराश भएर घर फर्किने गर्नुहुन्थ्यो । तर दुर्घटनामा परेपछि उहाँलाई एउटा थप उर्जा प्रदान भएको छ । सुरुवाती चरणमा उहाँ लाई घरपरिवार बाट मात्र साथ मिल्यो तर धेरै व्यक्तिले गाउन नदिने दिनभरि लाइनमा राखेर निराश बनाएर पठाइपनि दिएका थिए । तर आफूमा आफैले विश्वास गर्दै घरपरिवारको मात्र साथ लिएर सुरज कलाखेतीले आफ्नो पहिलो गीत तिमी बिना नाममा बजारमा निकाल्न सफल हुनु भयो । अहिले पनि धेरै गीतहरू उहाँको बजारमा आउने तयारीमा रहेका छन् । पछिल्लो समय उहाले गाउनुभएको गीत मायालु आउने बाटोमा नामक गीतले उतिकै चर्चा बटुल्न समेत सफल भएको थियो ।
जीवनमा आमाबुबाको मात्र साथ पाएर अघि बढ्नुभएका उहाँ भोलिको उदयमान गायकको रूपमा अगाडि आउने विश्वास जित्न समेत सफल हुनु भएको छ । पछिल्लो समय उहाँ पोखराबाट चलिरहेको गोल्डेन आइडल सिङ्गगिङ्ग रियालिटी शो मा पनि प्रतिष्पर्धा गर्दै त्यहा पनि तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको हुनुहुन्थ्यो । रियालिटीको शो को अपार सफलता पछि उहाँ गायक कमल खत्रीले आयोजना गर्नुभएको कभर गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभयो । उहाँको त्यो प्रतियोगिताको गायनबाट नै सम्पुर्ण दर्शक प्रभावित भएका थिए । कतिले त उहाँको उक्त गायनपछी उहालाई कमल खत्रीको नक्कली आवाजको रूपमा पनि दाज्दा उहाले कमल खत्री दाइलाई म टक्कर दिन सक्दिन र दिदिन पनि उहाँ मेरो गुरुको रुपमा हुनुहुन्छ भन्ने गर्नुहुन्थ्यो । उहाको गीतबाट नै अभ्यास सुरू गरेर म यो ठाउसम्म आएको छु त्यसैले म उहाँको सम्मान गर्छु भनेर घामछायाँका संवाददाता उमेश थपलिया लाई बताउनु भएको थियो ।
उहाँको गायनको सुरुवात यात्रा दर्दनाक र पिडादायी छ । धेरै आएका थिए उहाँको जीवनमा सुरज गीत नगा तेरो गीत बजारमा हराउँछ तैले गाएर तेरो गीत कसले मन पराउछ तैले गीत गाइस भने त घाटामा जान्छ भन्नेहरू आए तर उहाले पछाडि नफर्की अगाडि आफ्नो गायनको यात्रालाई बढी प्राथमिकता दिनुभएको थियो । आज धेरै गाडी रेडियो जस्ता विभिन्न स्थानहरूमा उहाको गीत विभिन्न माध्यमबाट बजिरहेका छन् । काठमाडौमा उहाँको जीवनमा नि धेरै आए तिमीलाई भाइरल बनाउछु भन्नेहरू उहाँको जीवनमा त कसैको प्रवाह नगरी आफ्नो कलाले एकदिन अवश्य भाइरलको अवस्था लिने छ भन्दै यतिबेला उहाँ आफ्नो गायन यात्रालाई निरंतरता दिई रहनुभएको छ ।
प्रतिक्रिया