सातौ तल्लामा पुग्यो धरहरा पुनर्निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

२० माघ । चार वर्ष पहिले महाभूकम्पमा परि भत्केको भिमसेन टावर अर्थात धरहराको  पुर्ननिर्माण सातौ तल्ला सम्म पुगेको छ। जीआइइटिसी रमण जोइन्ट भेन्चरले निर्माण गर्न लागेको धरहरा निर्माण सम्पन्न गर्ने अन्तिम मिति अक्टोबर ६ तारिक २०२० रहेकोमा
हाल सम्म छैठौ तल्ला सम्मको  निर्माण भ्याइ सातौ तल्लाको निर्माण गरिदै छ।
हेर्नुस्: 
https://ghamchhaya.com/?p=570
तल्ला थपिदै जादा समयको लागत भने बढ्दै गएको सेफ्टी इन्जिनियर दिपक प्रसाद उपाध्यायले बताउनु भएको छ। निर्माणका लागि चाहिने सिमेन्ट,कंक्रिट,बालुवा जस्ता पदार्थहरु पुर्याउन र विस्तार गर्न जमिन देखि ३०० मिटर टाढा सम्म फ्याक्न सक्ने क्षमता भएको कंक्रिट मेसिन र कंक्रिट पुवरिंग मेसिन हुदा समस्या त्यति नभए पनि कामदारको समय पछिलो २ दिन देखि पढ्दै गएको उहाले बताउनु भएको छ। सुनधारास्थित पुरानै धरहरा संगै निर्माण हुन् लागेको नया धरहरा निर्माण कार्यमा जुटेका कामदारहरुलाई कम सुरु गर्नु भन्दा पहिले सेफ्टी निर्देशन तालिम,सचेतना तालिम प्रदान गराई मात्र काममा जान दिने गरेको इन्जिज्नियर उपाध्यायले बताउनु भयो।
प्राथमिक उपचारको सामाग्रीहरु पर्याप्त मात्रामा राखिएको र आकस्मिक दुर्घटना भएको खण्डमा वीर अस्पताल संग सम्झौता समेत गरिएको उपाध्यायले बताउनु भयो।अत्यधिक हल्ला,विधुतीय तारवार,काम गर्दै निदाउने र खस्ने जस्ता मुख्य असावाधानिको पक्ष रहेकोमा यस्ता विषयमा सधै सचेत रहन आफैले पनि तालिम प्रदान गर्दै आएको उहाले थप बताउनु भएको छ। उहाको अनुसार हाल सम्म हल्का कट्नु ,चोट लाग्नु भन्दा ठुलो क्षति नभएको बताउनु भएको छ।
साथै पुरानो धरहराको संरक्षणका लागि हाल छोपेर राखिएको र निर्माण कार्य सम्पन्न गर्ने साथ् यसलाई पनि तार अथवा सिस्साले छोपेर सम्झनाको लागी प्रदर्शन गर्ने बताउनु भयो।  नया धरहरा निर्माण कार्य र पुरानो धरहराको सरक्षण दुवै यति बेला चासोको विषय बनेको बेला धरहरा निर्माणमा भएको सहजताले सबै नेपालीको लागि खुशीको खबर रहेको काठमान्डौ घुम्न आएका एक जना बटुवाले बताउनु भएको छ।