” जे पायो त्यहि गीतमा मोडेलिङ गर्दिन”

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रिना थापा मगर नचिनेका त सायद बिरलै होलान् यो युगमा आफ्नो नृत्यलाई अगाडि बढाउने क्रममा उहाँले मोडल विधालाई रोज्नुभएको थियो । अहिले उहाले नाचेका गीतहरुले नि बजारमा सर्वोकृष्ट चर्चा पाएका छन् । रिना बढी लोक दोहोरीलाई माया गर्ने एउटा नायिका को रुपमा परिचित हुनुहुन्छ । रिना थापा मगरको साँँगेतिक  यात्रा आजभन्दा करिब ८ वर्ष अगाडिदेखि सुरु  भएको थियो । उहाले तिजको गीतबाट आफ्नो साँँगेतिक यात्रा अगाडि बढाउनुभएको थियोे । काभ्रे जिल्लाको कोसीदेखामा माता इन्द्र कुमारी र पिता लिला बहादुर थापाको छोरीका रूपमा जन्मेका रिना सानो उमेरबाट नै लोक गीत सुन्न र लोक नृत्य गर्ने रुचाउनु हुन्थ्यो । आफ्नो कलालाई अगाडि लैजाने क्रममा उहाँ नेपाल टेलिभिजनले प्रसारण गरेको नृत्य रियालिटी शो प्रतिभाको आँगनमा सहभागी भएर लोक संस्कृतीलाई उजागर बनाउदा एउटा सफलता हात पार्न समेत सफल भएको हुनुहुन्थ्यो । सानो उमेरबाट नै विद्यालयका विभिन्न कार्यक्रममा सहभागी हुने आफ्नो प्रतिभा प्रस्फुटन गर्न अग्रसर हुने गर्नुहुन्थ्यो । आफु पनि नाचेर खुसी हुँदै अरुलाई नि आफ्नो नृत्यबाट खुसी दिने एक अब्बल प्रतिभाको उदाहरणीय पात्र हुनुहुन्छ उहा , रिना थापालाई धेरै आए जीवनमा बाधा र चुनौतीहरु त्यसलाई आत्मसात गर्दै सधै अगाडि बढ्न उहाँ सफल भएर नेपाल लोक समाजमा उदाहरणका रुपमा पनि परिचित हुनुहुन्छ उहाँ । यो ठाउँसम्म आउदा के कति चुनौती सामना  गर्न पुग्नुभएको थियो यसबारे घामछाँयाका लागि  रूपेश आचार्य र उमेश थपलिया सङ्ग गरिएको कुराकानी –

 

तपाईंको मोडलिङ यात्रा कसरी प्रारम्भ भएको थियोे ?

सफल रुपमा अगि बढनका लागि यो संगीत मात्र होइन यो नृत्य फिल्ड मात्र होइन हरेक क्षेत्रमा लाग्न कठिन हुन्छ । अब तपाईलाई बैङ्कमा जागिर खान पनि त एकाउन्ट एकदम राम्रोसँग बुझेर पढेर घोटेर लाग्यो भने सफल भइन्छ नि त्यस्तै हो जब मान्छेलाई कस्तो लाग्छ भने कलाकार भन्नेबितिकै नपढेकाहरु मात्रै यो फिल्डमा छिर्छन भन्ने लाग्छ तर फेरि कस्तो हुन्छ भने हाम्रोमा चाहिँ नाच्नका लागि पढ्नु परेन नि त त्यो भएर अलिकति त्यो सँग जोडिएको हो । अब धेरै पढ्नु भएको कलाकार नि हुनुहुन्छ यो क्षेत्रमा कसरी जाने आफुमा एउटा कला समेत नि हुन्छ । मैले चाहिँ पढ्दा पढ्दै देखि नै मैले पाइला चाहेको हो । अहिले पनि म नृत्य विषय नै लिएर पदमोकन्या पढिरको छु ।

चुनौतीहरु केके आएका थिए तपाईंको जीवनमा ?

चुनौती त हरेकमा हुन्छ नै जे गरेपनी काम नै नगरी घर बस्दा पनि चुनौती हुन्छन् । तर सुरु सुरुमा मलाई थप कुरा कहाँ त प्रतिभाको आँगनबाट भएको हो । त्यहाबाट मैले अलिकति नृत्यलाई बुझ्ने अवसर पाए । अहिले पनि म मोडलमा कमजोर छु थप कुरालाई अलि प्राथमिकता दिए त्यो बेला देखि नै मैले ट्रेडिसनल भिडियो  नै बढी गरिरको छु ।  चुनौतीहरु पनि धेरै भोगे सुटिङहरुमा कसैले पर्पोज गर्ने कसैले के भन्ने अलि ठुलाले त त्यस्तै नराम्रो शब्दहरू प्रयोग गर्ने  जस्ता कुरा गर्नु हुन्थ्यो, त्यो कुराहरू त सबैमा  नै प्राय परिरहेको हुन्छ ।

तपाईंको घरपरिवारको कतिको साथ थियोे ?

मेरो घरपरिवारबाट त एकदमै साथ थियो म आमाकै रहर र खुसीले गरेर नै म यो क्षेत्रमा आएको हुँ । मेरो आमाले त एकदमै धेरै सहयोग गर्नुहुन्थ्यो त्यतिबेला पनि शंकर बिसि सर सम्झना दिदिहरु धेरै चल्नुभएको थियोे  ।  उहाहरुको गीत टिभिमा हुदा त्यो हेरेर सानै देखि नाच्थे त्यो बेला पनि मेरो आमाले मेरी छोरीलाई टिभीमा हेर्न पाए म धेरै खुसी हुन्थे भन्ने कुरा गर्नुहुन्थ्यो । आमाको सोचाइबाट मलाई यो क्षेत्रमा लाग्न झन हौसला मिल्यो । यस्तै परिवारको साथ पाएर नै यहाँसम्म आउन सफल भएको हु ।

तपाई प्रवेश त गर्नु भो टिकेर यो क्षेत्रमा अघि बढ्न अर्को चुनौती सुरु भो त्यसलाई चाहिँ कस्तो रुपले लिनु भो ?

सुरुवातमा राम्रो भएर मैले यो ठाउँसम्म आइपुग्छु भनेर सोचेको नि थिन । सुरुसुरुमा म नृत्य प्रतियोगितामा गए त्याबाट अलिकति मेरो लागि बाटो खुल्यो त्यसपछाडी मलाई विभिन्न  म्युजिक भिडियो अफरहरु आए र मैले भिडियो गर्दै पनि  गए । ३,४ वटा विद्यालयमा नृत्य प्रशिक्षकको रुपमा काम पनि गरे । म व्यस्त नहुने समयसम्म म यो क्षेत्रमा भिडियोहरु नपाउदासम्म मैले विद्यालयमै गरे , त्यसपछि विस्तारै  मैले दुई तीन वर्षपछी चाहिँ मैले विद्यालयहरु छोडे करिब चार वर्ष भइसक्यो विद्यालयहरु छोडेको र पछिल्लो समय म अलि व्यस्त नै थिए । अहिले अलि फरक भइसकेको छ ।

तपाईंको पहिलो सफलता कुन थियोे ?

मैले गरेको पहिलो गीत शंकर बिसी दाईको थियो रश्मि तामाङ दिदीसँग मैले नाचेको थे। गीतमा हामीसँग  शंकर बिसी दाईले मोड्लिङ गर्नुभएको थियो । देवी घर्ती दिदिको र खुमन अधिकारीको स्वरमा तयार भएको गीत थियोे । पहिलो मेरो तीज गीत चाहिँ छमछमी बजाईदेउ तालि थियोे । त्यसपछि बिस्तारै बिस्तारै मेरो आठ दस वटा गर्ने बेलासम्म पनि म यसैमा चल्छु भन्ने सोच नै थिएन विद्यालय पनि गरिरहेको थिए । समय मिलेको बेलामा सुटिङ गर्थे अरुबेला गर्दिन थे । जब अरु भिडियोको  लागि नि अफर आउन थालेपछि स्कुलहरु चाहिँ अब छोड्छु भन्ने भयो , त्योबेला देखि चाहिँ मैले यो क्षेत्रमा भिज्नुपर्छ मैले अझै अगाडि बढ्नुपर्छ भनेर त्यसपछि चाहिँ म निरन्तर रूपमा अगाडि लागे ।

संगीतमा लागेकालाई समाजमा हेर्ने नजर फरक छ त्यसले तपाईलाई कतिको फरक पार्‍यो ?

मलाई त्यो बेला परेन तर मलाई अहिले चाँहि मोडल भन्न अप्ठेरो लाग्छ । किनकी लगभग एक दुइ वर्षजति भयो यति धेरै विकृतिहरु भित्रिदै गएका छन् । यति धेरेै विकृतिहरु फैलियो , किनभने एउटा कसैसँग कला नै छैन भने पनि मोडल , कसैसँग दुइचार पैसा हुने बितिकै त्यो  मोडेल जसरी भएपनि मोडेल …… तर त्यो बेलामा यतिसम्म थिएन ।

अगाडि आउन धेरै मिहिनेत गर्नुपर्ने हुन्छ त्यो तपाईको कतिको थियो ?

मिहिनेत त मेरो एकदमै थियो मलाई पहिलेदेखि नै एकदमै रुचि  भएकोले गर्दा नै नृत्यमा पनि धेरै अभ्यास गरे । मलाई टिपिकलको बारेमा चाँहि थाहा थियो । अब मोडन गीतमा त अझै कमै नाच्छु । , अहिलेको अवस्थामा चाँहि मलाई अलिकति मोडल भन्न अप्ठेरो लाग्छ , म प्राय ठाउँमा भन्दिन पनि किनकी पहिलाको पालाको रश्मि दिदि, पार्वति दिदिहरु हुदाखेरि कलाकार भन्दाखेरि मोडल भन्दाखेरि त्यो बेलामा हेर्ने नजर यतिसम्मको थिएन । अहिले अब छ, त्यो बेलामा अलि संघर्ष गर्दा जसको  नृत्यमा पावर छ उहाँ अगाडि आउनुहुन्थ्यो । अनि स्टेज कार्यक्रम हुदाँ पनि एउटा कलाकार नृत्यकार नभइ एउटा महोत्सव हुदैन थियो । अहिले चाँहि अब ठाउँ ठाउँमा नाच्ने मान्छेहरु छन्, त्यो भएर पनि कलाकारहरुलाई त्याबाट पनि समस्या परेको छ । अनि धेरै त  अलिकति कम पैसामा पनि भिडियो खेल्ने आनन्दले हाँसी खुसी रमाइलो गर्न भन्दै पनि गएको हुन्छन्, त्यस्तो भएर पनि धेरै समस्याहरु परिरहेका हुन्छ, धेरै संघर्ष गर्नुपरेको छ यसमा टिकिरहन ।

अहिले चाँहि तपाई के गरिरहनु भएको छ ?

अहिले चाँहि म आफ्नो रेस्टुरेन्ट खोलेको छु त्यता व्यवसाय गरेको छु । खाली समयमा राम्रो राम्रो गीतहरु खोज्दै छु राम्रो आएको खण्डमा गीतहरुमा गरिरहेको छु । गीत राम्रो बजेटका आए गर्छु, अब कोहि त स्वर नि नभएकोहरु नि छन् अलिकति पैसा हालेर गायक भएकाहरु नि छन् त्यस्तो गायकको गीतहरुमा म मोडलिङ  गर्दिन म त्यस्ता गीतहरु मलाई मन पर्दैन पनि पैसा हालेर नाच्ने भनेसी ५५ ,६० वर्षकाहरु पनि आउनुहुन्छ नाच्ने भनेर तर म त्यस्तो खालको बजेटमा काम गर्दिन र गर्न पनि मन लाग्दैन । बरु वर्षमा एउटा गीत गर्छु तर राम्रो बजेटमा गर्छु । यदि भएन भने चाँहि रेष्टुरेन्ट छ त्यसलाई अगाडी बढाउदै अघि बढछु ।

यो क्षेत्रमा प्रवेश गरेका तपाईको उमेरको कलाकारलाई तपाई के सुझाव दिनुहुन्छ ? 

उहाहरुलाई चाँहि म मेरो मनबाट नै अब आउने दिदिबहिनीहरु हुनुहुन्छ, यो क्षेत्रमा आउन तपाई अरुको भरोसामा होइन आफ्नो विश्वासमा आउनु , तपाईले आफ्नो कलालाई निखारेर यो क्षेत्रमा अनि प्रवेश गर्नुस् । त्यसपछि तपाईले खोज्ने होइन तपाईलाई खोज्ने सर्जकहरु सबै जना तपाईलाई खोज्दै आउनुहुन्छ ।