उघारिँदै पर्सागढीमाथिको पर्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साम्राज्य दुई हारे, हारेन शान हाम्रो” गाोपालप्रसाद रिमालले भनेका दुई मध्ये एक अंग्रेज साम्राज्यलाई  हराएको  स्थान पर्सागढी वेवास्ताको पर्दा उघार्दै छ
जय यादव ।पर्सा ,
१३ माघ।  नेपाल एकीकरणको कुरामा जति पहाड आयो त्यति तराई आएन। तराईवासीको देशभक्ति ओझेलमा पर्यो  | सिन्धुली गढीको कुरा धेरै आयो तर पर्सा गढीमा अंग्रेज सेना हारेको कुरा उस्तो सुनिएन ।
अहिले नेपाली सेनाले एकीकरण पदमार्गको पहिचान गर्दै जाने क्रममा पर्सागढीको महिमा जंगी अड्ड्ामा सुनिन थालेको छ ।इतिहासकारको जानकारीमा मात्र सिमित पर्सागढीको महत्व धेरैले यहासम्म की स्थानी़यले समेत थाह पाउनथालेका छन्।
नेपालको राजनीतिक इतिहास हेर्ने हो भने तराइले पनि बिर्सिन नहुने खालका इतिहास प्रदान गरेको छ ।जस मध्ये अलौ पर्व,सिम्रौन्गढ़ नगरीको प्राचिन अवशेष,जनकपुरधाम अथवा पर्सागढी उदाहरण मात्रै हुन्
तिनै उपेक्षामा परेको स्थानहरु मध्ये पर्सा जिल्लाको एतिहासिक पर्सागढ़ी एक हो। ऐतिहासिक पृष्ठभुमी बोकेको “पर्सागढी” पर्सा जिल्लाको पर्सागढी नगरपालीका वडा नं. ६ बागेश्वरी चैनपुरमा अवस्थित छ । वीरगंज महानगरपालिका बाट करिब  १८ कि. मि. उत्तर पश्चिम र वीरगंज पथलैया सडक खण्डको जितपूरबाट करिव १५ कि. मि. दक्षिण पश्चिममा अवस्थित उक्त स्थान २४ डिग्री ८५ मिनेट देशान्तर र २६ डिग्री १३ मिनेट अक्षांसमा पर्दछ ।
जहा विक्रम संवत १८७१ मा अंग्रेज संग युद्ध भएको थियो। पर्सागढ़ीलाइ मुख्य युद्धस्थलको रुपमा प्रयोग गरि विक्रम संवत १८७१ मा तत्कालिन भारतको ब्रिटिस सरकारलाई नेपालि भौजले परास्त गरेको थियो।त्यति बेला ब्रिटिस सरकारले नेपालको ५ वटा नाकाबाट आक्रमण गरेकोमा २ स्थानमा ब्रिटिस र ३ तीन स्थानमा नेपाली सेना विजयी भएको थियो। ब्रिटिस युद्धको बेला नेपालि फौजको तर्फबाट मुख्य भूमिका निर्वाह गर्ने रंजित चौधरी वासस्थान नै पर्सागढ़ी नै रहेको र हाल आएर गढी परिसर मै कुलदेवता बंहर बाबाको स्थान रहेको स्थानीय बृजमोहन चौधरीले बताउनु भयो। विक्रम संवत १८७१ भन्दा अगाडिदेखिको एतिहासिक प्रमाणहरु हुदाहुदै पनि पर्सागढ़ी ओझेलमा पर्नु दुर्भाग्य रहेको स्थानीयहरू बताउदछन। सरकारको उपेक्षाका कारण दिन प्रति दिन जग्गाहरु अतिक्रमण भइरहेको छ।हाल त्यहा एक मन्दिर र खुला चौर तथा खुला जंगल रहेको छ। करिब सात वर्ष पहिले निर्माण सुरु गरिएको धर्मशाला शिलान्याश २ फिट जोडाई पछि काम स्थगित गरिएको छ।
­­­अंग्रेज सेनाले सो समयमा नेपाल को पर्सा  स्थित अलौ बोर्डर कब्जा गर्दै पर्सागढी माथि आक्रमण गरी पर्सागढी स्थानमा पुगि नजिक का पर्सा गाँऊ नै अंग्रेज सेनाले धपाए । अंग्रेज सेनाले आफ्नो क्याम्प त्यस गढी स्थानमा खडा गरे । सो घटना र बिषय त्यहाँका तत्कालिन गाँउ जिगनापचरुखी,चैनपुरबागेश्वरी,हरपुर ,बागवाना र बिरुवाबकनेर्वा बासिन्दा र अगुवाहरुको ठुलो चिन्ताको बिषय बन्यो ।
त्यस्तो आपत आइलागेपछि   स्थानीय रन्जित चौधरी को अगुवाईमा पाँच वटै गाँउ भेला भई लडाईका लागि अनाज संकलन,हातहतियार तयारी,युद्ध को योजना र्निमाण तथा जिम्मेवारी बाडफाड गर्ने र अंग्रेज सेना माथि आक्रमण गरी पराह्स्त गर्ने योजना बन्यो । योजनाको चाख लाग्दो बिषय भने स्थानीयले त्यो लडाई आधु  धुनिक हातहतियारको बलमा नभइ  रैथाने  कला कौशलको बलमा लडिएको  थियो । जसमा पर्सागढी नजिकको नदी तिलाबे र सिग्याही दोभानमा बाँध लगाउने र साँझमा भैसि,रागा र गोरु हरुको सिङ्गमा लुका (मशाल०) बालि डरलाग्दो दृश्य सृजना गरी क्याम्प तर्फ पठाउने र त्यसबाट अलमलिएका सत्रुसेना माथि  घरेलु हतियारले हमला गर्ने जस्ता रणनीति रहेका थिए  यसरी  आ–आफु सँग भएगरेका सम्पुर्ण घरायसि हातहतियार लिई अंग्रेज सेनाको क्याम्पमा आक्रमण गरे र अधिकासं अंग्रेज सेना भाग्न थाले  र ति भगौडाहरु नदिमा हाम फाल्न बाध्य बनाईएको र नदि छेउमा पुर्व योजना अनुसार बसेका स्थानिय बासिन्दाले अंग्रेज सेनालाई पानिमा डुबाउने र खुकुरी तरबार बाट शिर मुण्डन र केही डुबेरै मर्ने जस्ता लडाईका अवस्थाहरु सृजनागरी बिजय प्राप्त गरेको भनाई जिवन्त छ ।

       यि कथनलाई     वि सं १८७१  चैत्र ८ रोज आइतबारका दिनमा श्री  महाराज ग्रीवाणयुद्ध बिक्रम शाह द्धारा प्राण साह, भिमसेन थापा, उदय गिरी, समशेर साह, रण ध्वज थापा र दल भन्जन पांडे मार्फत पर्सा गढीमा लडाई पर्दा रंजित चौधरी ले गरेको उल्लेखित योगदानका लागि उपलब्ध गराइएको लाल मोहरले निर्विवाद रुपले प्रमाणित गरेको छ ।

”तर आजको बदलिदो राजनैतिक परिवेशमा अन्तरदेशीय द्धन्दका कथित योद्धाहरुले राज्यबाट पाउने गरेका सहयोग र सम्मान को तुलनामा राष्ट्र र राष्ट्रियताको लागि अन्तराष्ट्रिय युद्धको विजय अभियानमा सफल योगदान दिने योद्धाहरुको वीरगाथालाई इतिहासको पन्नामा सिमित राख्दै यस ऐतिहासिक धार्मिक एवं पुरातात्विक स्थललाई समेत बेवास्ता गरिएको हामी सबैले महसुस गरेका छौ ” भनेर नगरप्रमुख यादवले नेपाली सेनाको मुख्यालयमा आयोजना गरेको एतिहासिक गढि सरक्षण कार्यक्रममा बताउनु भएको थियो। ऐतिहासिक कालखण्डमा ज्यादै महत्व बोकेको उक्त स्थानको राज्यबाट खासै स्याहार संभार नभएका कारण अतिक्रमणको चपेटामा पर्दै गएको छ।