नेपाली म्यूजिक भिडियोमा अहिले बढेको प्रतिस्पर्धाको अवस्थामा नयाँ आवाज तथा अभिनय आफैमा एउटा चुनौति हो । यस्तो चुनौतिलाई स्विकार गर्दै नेपाली म्यूजिक भिडियोको मैदानमा श्रृंखला जोशी आफनो प्रस्तुती ‘तिम्रो आवाज’का साथ आउनुभएको छ । मायाप्रितीका भावहरुले भरिएको गीत ‘तिम्रो आवाज’को शब्द रचना विष्णु देवकोटाले गर्नुभएको छ भने नेपाली सुगम संगितका सगिंतजगतका चर्चित संगीतकार तथा गायक उदय सोताङगले संगीत दिनुभएको छ ।
तिम्रो आवाजलाई श्रोतासमक्ष ल्याउन राजधानीको गौशालास्थित नेपाल म्यूजिक सेन्टरमा आज आयोजित पत्रकारसम्मेलन एवं म्यूजिक भिडियो लोकार्पण कार्यक्रमलाई आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नवगायिका श्रृंखला जोशीको आवाजमा पाइएको मिठास तथा गाउने खुबि निकै कम नवगायिकाहरुमा पाइने समेत बताउनु भयो ।
नेपाली संगीत तथा चलचित्रमा प्रशिद्ध गीतहरु ‘पिरीम नलाउने, मलाई हेरेर हैरान बनाउछ, तिम्रो फिगर कोकाकोला ‘जस्ताम्यूजिक भिडियोका प्रसिद्ध निदेशक सुब्रत राजआचार्यले निदेशन गर्नुभएको ‘तिम्रो आवाज’ गीती भिडियोमा श्रृंखलाको अभिनय समेत हेर्न सकिने छ ।
प्रतिक्रिया