अन्तर निकाय समन्वय गठन गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले खाडी क्षेत्रमा विकसित तनावबाट त्यहाँ पुगेका नेपालीलाई जोगाउन अन्तर मन्त्रालय समन्वय समिति गठन गर्ने भएको छ ।

यससम्बन्धी छलफल गर्न परराष्ट मन्त्रालयमा आजबसेको अन्तरमन्त्रालय बैठकले यस्तो निर्णय गरेको जानकारी मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकतानुसार  त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी समेत गर्नको लागि परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस गृह मन्त्रालयस रक्षा मन्त्रालयस अर्थ मन्त्रालयस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि समेत रहेको एक अन्तर्निकाय समन्वय समिति गठन गर्ने निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्था लगायतका विषयहरूमा नेपाल सरकारका सम्बन्धित निकायहरूबीच नियमित रूपमा हुँदै आएको विचारविमर्शकै क्रममा आज परराष्ट्र मन्त्री माननीय प्रदीपकुमार ज्ञवालीज्यूको अध्यक्षतामा परराष्ट्र मन्त्रालयमा विभिन्न सरोकारवाला निकायको प्रतिनिधित्व रहेको बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस परराष्ट्र मन्त्रालयस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयस रक्षा मन्त्रालयस संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस अर्थ मन्त्रालयस गृह मन्त्रालयस नेपाली सेनास वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका उच्च प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

This undated image shows the building of the Ministry of Foreign Affairs, in Singha Durbar, Kathmandu.