“पर्यटन व्यवसायमा नयाँ आयामको थालनी गर्छु” : टान अध्यक्षका  प्रत्यासी पन्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्यटन व्यवसायमा नया आयामको थालनी गर्ने अध्यक्ष पदका उमेदवार तथा मैग्निफ़िकेण्ट ट्राभल एण्ड टुरसका संचालक भिम प्रसाद पण्तले प्रतिबद्धता गरेका छन्। यहि माघ ०३ गते हुने तय भएको  नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर्सको कार्य समितिको निर्वाचनमा भाग लिएका भिम प्रसाद पन्त समुहले आज मर्स्यान्ग्दी होटेल ठमेलमा आयोजना गरेको उम्मेदवार परिचयात्मक तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भिम प्रसादले  यस्तो प्रतिबद्धता गरेका हुन् ।
१५ जना उमेदवार रहेको भिम प्रसाद पन्त समूहले पर्यटन व्यवसायमा अन्तराष्ट्रिय सम्बन्ध सुमधुर गर्दै छिमेकि राष्ट्रहरु भारत,चीन,भुटान जस्ता देशहरुसंग प्याकेजको प्रवर्द्धन गर्ने तथा तिब्बतबाट नेपाल सिमानामा पर्यटक आगमनका लागि विभिन्न बाटोहरु खोल्ने पहल गर्ने खालका उदेश्य समेत सुनाएका थिए।
पन्त समुहको तर्फबाट साधारण सचिव पदका उमेदवार तथा आमा ट्राभल्सका संचालक सुधिर कुमार उपाध्याय पौडेलले, अन्तराष्ट्रिय बजार प्रवर्द्धनमा क्षेत्रीय बजार भारत,चीन,दक्षिण कोरिया र मलेसिया लगायतका देशहरुमा विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरुको संचालनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकार संग सहकार्य गरि पर्यटन व्यवसायलाइ प्रवर्द्धन गर्ने लगायत २६ बुंदे कार्य पत्र प्रस्तुत गरेका थिए।
पन्त समुहका वरिष्ठ उपाध्यक्ष पदका उमेदवार बिनय बस्नेतले स्वागत मन्तब्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण एस्ड्य़ाब्ल्युएएकी प्रबन्ध निर्देशिका तथा सचिव पदकी उमेदवार समेत रहेकी जिस्वान तुलाधर श्रेष्ठले गरेकी थिइन्।