नेपाली सेनाले इराकमा विकसित पस्थितिलाई ध्यानमा राख्दै सतर्क रहन त्यहाँ कार्यरत नेपाली मिसनलाई निर्देशन दिएको छ ।
ईरानको इस्लामिक रिभोलुशन गार्ड कोरका जनलर क्वासिम सुलेमानी विरुद्धको अमेरिकी कारवाहीको प्रतिकार गर्दै ईरानले ईराकमा तैनाथ अमेरिकी सेनाका विभिन्न वेशहरुमा मिसाईल आक्रमण गरेको जानकारी प्राप्त हुन आएको नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ
युनामी मिसन इराकको किरकुक र एरबिल स्थित राष्ट्रसंघ बेसमा तैनाथ भएका नेप गार्ड युनिटका शान्ति सैनिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको उल्लेख छ । साथै विज्ञप्तिमार्फन नेपाली सेनाले उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको गार्ड जानकारी समेत दिएको छ ।
यसै गरी इराकको युनामी मिसनमा तैनाथ नेपाली सेनाको गार्ड युनिट तथा युनिफिल लेवनान र युएनडोफ मिशन सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, पनि सेनाले निर्देशन दिएको छ । साथै त्यहाँ विकसित परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हे।क्वा। र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको जानकारी पनि सेनाले दिएको छ ।
प्रतिक्रिया