सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाहीले बताइन। रिपोर्टस क्लब नेपालमा गरिएको एक पत्रकार सम्मेलनको आयोजनामा सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाई थियो ।
कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि एक मिडियामा हुदैगरेको अन्तरवार्ता बाटै शिक्षामन्त्री गिरिराजमणि पोखरेललाइ सम्पर्क गर्दा उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्वेवारीपूर्ण जवाफ र आपतिजनक प्रतिक्रिया दिए संगै झनै पिडा बढेर गएको पत्रकार सम्मेलानाकी संयोजक अर्की छात्रा अनुष्का चौलागाईँले थपिन।

सीटीइभीटी देखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको चौलागाईँले दोह्र्याइन। २०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि न्यायका निम्ति लड्दा लड्दै आधि वर्ष बितिसकेको छ।
२२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन् नर्सिङका छात्राहरुले दिन लागेको परिक्षा सिटिईभिटीले रोकेको र सिटिभिटीसंग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन मात्रै दिदै आएको तथा समस्याको समाधान नभएको छात्रा प्रेमिका शाहीले बताइन।
कलेजले नामाकरण गर्ने बेला लिएको शुल्क फिर्ता गरे पनि समय खेर गएको शाहीले बताइन। न्यायका लागि विभिन्न विधार्थी नेताहरुले समेत पहल गर्दा उनीहरुको अनुरोधलाई समेत वास्ता नगरिएको देखिएको छ।
प्रतिक्रिया