मधेशमा पर्यटन प्रवर्धन गरिरहेका अभियन्ताहरुले तराई मधेशका धार्मिक,एतिहासिक,सांस्कृतिक सम्पदाको प्रबर्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकारले संचालनमा ल्याएको भिजिट नेपाल २०२० भिजिट मधेश बिना अपुरो रहेको ,भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक ओम प्रकाश सर्राफले बताउनु भएको छ। नेपालको तराइका २२ ओटै जिल्लामा धार्मिक,एतिहासिक,सांस्कृतिक सम्पदा रहेको र भिजिट नेपाल २०२० ले ती मध्ये धनुषा जिल्लाको जानकी मन्दिर ,लुम्बिनीको बौद्ध स्थान बाहेक अरु स्थलहरुले खासै प्राथमिकता नपाएको भिजिट मधेश नेपालका अन्तराष्ट्रिय संयोजक प्रमोद राज सर्राफले बताउनु भएको छ। आज रिपोर्टस क्लब नेपाल,काठमाण्डौमा एक प्रत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराहरु बताइएको थियो।
भिजिट मधेश नेपाल आयोजक रहेको पत्रकार सम्मेलनमा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरुको एक तिहाई ९भारतबाहेक० लाई मधेश भ्रमण गराउने उद्देश्य लिएको सुनाएको छ । सोही लक्ष्य बोकेर डिजिटल प्लाटफर्मपनि आज सार्वजनिक गरिएको छ । आयोजकले सार्वजनिक गरेको प्लेटफर्मममा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोवाईल एप रहेका छन् । नागरिकस्तरबाट बिगत २ वर्षदेखि तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै पर्यटनमैत्री वातावरण निर्माण गर्ने “भिजिट मधेस नेपाल“अभियान जारी रहेको आयोजकले जनाएको छ ।
यो अभियान नेपालभित्र रहेका तराई–मधेसका संस्कृति, खानपान, रहनसहन, भेषभुषा पर्यटकीय गन्तव्य,एवं बिशेषताहरुलाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन एवं चिनाउदै अगाडि बढिरहेको छ । यो अभियानको लागि तराई मधेसको २२ वटै जिल्लामा जिल्ला, प्रदेश एवं राष्ट्रियस्तरको टिम स्वयंसेवकको रुपमा पर्यटनमैत्री वातावरण निर्माणमा लागेका छन्। साथै टिमहरुले आफ्नो जिल्ला, गाउँ–ठाउँका पर्यटकीय गन्तव्यहरुको बारेमा अध्ययन तथा अनुसन्धान र प्रचारप्रसार गर्ने कामहरू गरिरहेका छन् ।’ आयोजकका अनुसार अहिलेसम्म १२ वटा अन्य देशहरुमा पनि ग्लोबल रुपमा टिमहरु प्रवर्द्धनमा लागेका छन्।
प्रतिक्रिया