टेलिफोनको काम गर्दा सडक नविगार्ने सहमति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ ।

सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबाट हस्ताक्षरित यस सम्बन्धी समझदारी पत्रमा गर्नुभयो ।
यो विषय उल्लेख छ ।
टेलिकम प्रवक्ता प्रतिभा वैद्यद्वारा मंगलबार जारी विज्ञप्ति अनुसार सडक विभागले द्रुत गतिमा देशभर सडक निर्माण तथा विस्तारको कार्य अगाडि बढाइरहेको र नेपाल टेलिकमले सर्वसाधारण जनताको लागि अत्यावश्यक सञ्चार सेवा मुलुकको अति विकट स्थानसम्म पु¥याइरहको अवस्थामा नेपाल टेलिकम र सडक विभाग बीच समन्वय र सहकार्य आवश्यक देखिएकोले यस्तो सम्झौता गरिएको हो ।

नियमित नयाँ सडक निर्माण, सडक विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा नेपाल टेलिकमका दूरसञ्चार पूर्वाधारहरु निर्माण तथा सुधारका क्रममा दुवै निकायबाट निर्मित पूर्वाधारका संरचनाहरुमा हानी– नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्मरणीय छ, प्रधानमन्त्री के पि शर्मा ओलीले सडक विभाग र सडकमा संरचना
बनाउने निकायबीच समन्वय नहुँदा सँधै सडकको खाल्डोको गीत बनिरहेको भन्दै समन्वय गर्न निर्देशन दिनुभएको थियो

समझदारी अनुसार सडक विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्ट बिछ्याइने र यसका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्र्यौैल भएको दररेट बमोजिम नेपाल टेलिकमले सडक विभागलाई भुक्तानी गर्नेछ ।

सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याउन सो समझदारी पत्र र विद्यमान कानुनको अधिनमा रही सडक विभागको सम्बन्धित सडक डिभिजन÷योजना कार्यालय र नेपाल टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।