पुनः श्रम स्वीकृति विदेशस्थित नियोगबाटै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदेशको निर्मम र कष्ठ साध्य परिश्रम र बल्ल बल्ल विदा मिलाएर पुनः श्रम स्वीकृति  (श्रम स्वीकृति नविरकण) गर्न स्वदेशमा । त्यही पनि घाम पानी जेसुकै होस सयौंको लामो लाइन ।
वैदेशिक रोजगारीमा जानेहरु नेपालीहरुले यो पीडाबाट भने छुटकारा पाउने संकेत देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको पदबहाली पछिका एक महिनामा भएका काम र आगामी तीन महिना भित्रको योजना बारे जानकारी दिन मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै मन्त्री रायले सबै वैदेशिक रोजगारीसम्बद्ध सबै पक्षहरुसँग सहकार्य गर्ने तथा विदेशमा परेको समस्या कुटनीतिक पहलबाट समाधान गरिने बताउनु भयो ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार वैदेशिक रोजगारीमा गएको श्रमिकहरुको श्रम स्वीकृतिको नविकरण विदेशस्थित नेपाली कुटनीतिक नियोगबाटै गरिनेछ । यसका लागि डिजिटल प्रणालीमार्फत श्रमिक सम्बन्धी सम्पूर्ण तथ्यांक र अभिलेख विदेशस्थित सबै नेपाली नियोगहरुमा सोझै जाने व्यवस्था मिलाइने छ । यसबाट उनीहरुले श्रम स्वीकृति नविकरणकै लागि रोजगारदातासँग विदा माग्नुपर्ने र त्यसबापत छुटी नपाउने जस्ता अनेक झमेला व्यहोर्नुपर्ने तथा स्वदेशमै पनि दुःखपाउनु पर्ने अवस्थाको अन्त्य हुने छ ।

यसका साथै विमा कल्याणकारी कोष वापतको रकम इन्टरनेट प्रणालीबाटै बुझाउने व्यवस्था गर्ने तयारी मन्त्रालयको छ ।
पत्रकारका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले स्वदेश र विदेशी श्रमबजारमा हुने माग बमोजिम सुरक्षित ढंगले कामदार पठाउन श्रमिक बैंक संचालन गरिने, श्रमिक सुरक्षालाई क्रमशः लागू गरिने र न्यूनतम् भूक्तानी लगायतको श्रमऐन पालना भएको नभएको पत्ता लगाउन एक हजार वटा उद्योग र प्रतिष्ठनहरुमा अनुगमन तथा नीरिक्षण गरिने जानकारी पनि दिनुभयो

कार्यक्रममा मन्त्री यादवले मध्यपुर्व र खास गरी इराकमा बढदो तनावबाट त्यहाँ पुगेका नेपालीलाई सुरक्षित राख्न हरसम्भव उपाय अपनाइने जानकारी पनि मन्त्री यादवले दिनुभयो । त्यहाँको वस्तुस्थिति र नेपालीको अवस्थितिबारे जानकारी लिने काम भइरहेको बताउँदै उहाँले परराष्ट मन्त्रालयसँगको समन्यवमा यो काम भइरहेको बताउनुभयो ।

त्यहाँको अवस्था बुझ्न परराष्ट्र सचिवस्तरीय टोलीले पलपलको खबर लिइरहेको छ साथै कसरी उद्धार गर्ने भन्ने विषयमा पनि छिट्टै टुङ्गो लगाइने छ, मन्त्री यादवको भनाई थियो ।