δआज प्रकाशित प्रमुख राष्टिय दैनिकहरुले सूचना प्रविधि सम्बन्धी विधेयक तथा लाई पहिलो पुष्ठमा स्थान दिएका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकलृे काँग्रस सभापतिहरुको बैठकले केन्द्रीय कार्यसमितिको निर्णय नमान्ने उद्घोषलाई पहिलो पृष्ठमा स्थान दिएको छ । सोही दैनिकले प्रदेश नम्बर ५ भित्र देखापरेका समस्यालाई पनि प्राथमिकता दिएको छ । यसै गरी नेपाल चिन सुरक्षा छलफल र मधेशमा सरकारी पक्षबाट गैरन्यायिक हत्या भएको भन्ने विषयमा सर्वोच्च अदालतले गरेको परमाधेशलाई पहिलो पृष्ठको समाचार बनाएको छ ।
कान्तिपुर राष्टिय दैनिकले सूचना प्रविधिको विरोधमा रहेका वरिष्ठ अधिवक्ताहरुको भनाई उघृत गर्दै विधेयक संविधान र शक्ति पृथकीकरण विपरित भएको भन्ने जिकिरलाई मुख्य समाचारको रुपमा छापेको छ । यसबाहेक कान्तिपुरमा तनावग्रस्त इराकी क्षेत्रबाट सात जना नेपाली फर्किएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । भित्र पृष्ठहरुमा भने पक्राउ परेका चिनिया नागरिक, नेपाली कांग्रसको आन्तरिक राजनीति र छाउपढी विरुद्ध निर्मम बन्न संसदीय समितिले दिएको निर्देशनबारे उल्लेख छ ।
नयाँ पत्रिका दैनिकले सूचना प्रविधि सम्बन्धी विधेयकमा गुप्तचरले जोसुकैको फोन रेकर्ड गर्न आदि पाउने प्रावधान रहेको विषयलाई मुख्य समाचार बनाएको छ । यसै गरी इराकमा नेपालीहरुको सुरक्षा चासो र नेसनल मेडिकल कलेजले विद्यार्थीसँग थप १६ लाख शुल्क मागेको विषयलाई पनि नयाँ पत्रिकाले आफ्नो प्राथमिकताको समाचार बनाएको छ ।
नागरिक दैनिकले पनि सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदको त्रासको शीर्षकमा मुख्य समाचार छापेको छ । यो दैनिकले सप्तऋषि अस्पतालमा एक रातमा तीन शिशुको मृत्यु भएको तथा नेतृत्वलाई दवाब दिन कांग्रसी जिल्ला सभापतिको भेलासम्बन्धी समाचारलाई पनि प्राथमिकता दिएर पहिलो पृष्ठमा छापिएको छ ।,
प्रतिक्रिया