
घाम उदाए धुलै धुलो र सिम सिम पानीमा पनि हिल्लै हिल्लोले घर बाहिर निस्किने गार्हो पर्छ भनुहुन्छ बागबाजराकी ३० वर्षीय गृहणी सरस्वती थापा।
बागबजार,रत्नपार्क,सुनधारा जाने बाटो,पुतलीसडक,ग्वार्को जस्ता ठाउँको हिल्लो र पानि अझै निकास नभएकोले ओहोर दोहोरमा समस्या देखिएको छ।
उता ग्रामिण भेगमा भने यहि आकाशे पानि गहुँ बालि र मंसुरोबालीको लागि अमृत साबित भएकोले किसानहरुमा खुशियाली छाएको पर्सा सखुवाप्रसौनी गाउपालिकाका वडा नम्बर ५ महुवनका किसान मनोज रामले घामछायाँलाई बताउनुभयो । विहिवार,शुक्रवार र शनिवार गरि तीन दिन परेको पानीले खेतमा लगाइएको गहुँ बालि र मंसुरो बालीको उत्पादन मात्रामा वृद्धि हुने विस्वास पर्सा बहुदरमाइ नगरपालिकाका कृषि शाखा अधिकृत नरेन्द्र कुमार गुप्ताको छ। ुुयसै पानीको भरमा जमिनको उर्वराशक्ति बढाउन खाद मात्रै छर्दा उपयुक्त हुनेछ,मकै खेति नभएको तर गहुँ र मंसुरोबालि उल्लेख्य मात्रामा लगाइएकोू धनुषा जिल्ला विदेह नगरपालिकाका कृषि शाखा अधिकृत अशोक पण्डितले बताउनुभयो।। तर बारा जिल्लाको पचरौता नगरपालिकामा लगाइएको गहुँबालीमा ४० प्रतिशत बालि नष्ट भएको,मकैबालीमा पहेलोपना देखिएको र पालक तथा रायो जातका सागमा पनि पहेलो हुने रोग देखिएको र नगरपालिकाबाट रोग पहिचान हुने काम भाइरहेको साथै यो भन्दा धेरै मात्रामा पानी आए बालीनाली नष्ट हुने चिन्ता रहेको बारा पचरौता नगरपालिकाका कृषि शाखा अधिकृत सोनालाल साहले फोन सम्पर्कमा बताएका हुन्।

प्रतिक्रिया