मान्छेले गर्ने विकासका कुरामा मात्रै अभागी हौं हामी नेपाली । नत्र प्राकृतिक सम्पत्तिमा हाम्रो जति भाग्यशाली कोही पनि छैन । विदेशीले छापिएका पोष्टरमा वा पोष्टहरुमा मात्र देख्न पाउने प्राकृतिक छटाहरु हामीकहाँ प्रत्यक्ष देख्न पाउँछौं । धेरै चर्चामा नआएको यस्तै छटा हो, रोशी गाउँपालिकाको महावीर झरना ।
नेपाल सरकारले ई.सं.२०२०को जनवरी देखि डिसेम्बर महिना सम्ममा पहिलाको तुलनामा धेरै भन्दा धेरै बाहय पर्यटकहरुलाइ नेपाल भित्रयाउने उदेशयका साथ भिजिट नेपाल २०२० नामक मिसन सन्चालनमा ल्याएको छ। यसको प्रचारप्रसारमा सातै प्रदेशमा समान अग्रसरता देखिएको छ। नेपालमा भएका पर्यटकिय स्थलहरुको प्रवर्द्धन पनि तिब्र गतिमा हुदैछ ।
पर्यटकलाइ लोभ्याउन सक्ने स्थानहरु देशभरी बाट छनौट गरि सुचि नै तयार गरिएको छ । तर प्राकृतिक रुपले सौन्दर्य ,पर्यटन व्यवसायलाइ मदत पुर्याउन सक्ने , पर्यटकहरुको रोजाइमा पर्न सक्ने किसिमका कतिपय ठाउँ अहिले पनि नेपाल सरकार तथा सरोकारवालाहरुको आँखामा अझै आउन सकेका छैनन ।
तिनै मध्ये एक हो काभ्रेपलान्चोक जिल्लाको रोशी गाउँपालिका वडा नम्बर २ पुरानोगाउँको महाभारत लेक अन्तर्गत पने महाबिर झरना। काठमाडौको बनेपा देखि धुलिखेल ,काभ्रेको नमोबुद्ध नगरपालिका हुँदै पुगिन्छ रोशी गाउंपालिका।
रोशी गाउँपालिकाको पुरानो गाउँ टोलको मानव बस्ती भन्दा अझै भित्री भागमा पुर्व-पश्चिम दिशा भएर फैलिएको महाभारत लेकको एक तिहाइ दुरि पार गरे पछि सुन्दर दृश्यले भरिएको शितल थोपा बर्साइरहेको महाबिर झरना सम्म पुग्न सकिन्छ।
भौगोलिक विविधताले सौन्दर्य भएको हाम्रो देशको सौन्दर्यता थप बढाएको छ महावीर झरनाले। यस झरनाको उचाइ लगभग ३०० फीट रहेको छ ।सगै पौराणिक ईतिहास बोकेको रानिपोखरी र प्राचीन मानव र जिवहरुको पैतालाको निशान भएको ढुङ्गाले पनि छुटै परिचय दिने गर्दछ। दायाँ र बायाँ हरियो वन भएको पहाड मुनि चिसो पथ्थरले सजिएको खोलाको दृश्यले त मन झनै आनन्दित बनाउने गर्दछ। अनेकतामा एकता भन्ने नारालाइ मुर्त रुप दिने गर्दछ पुरानोगाउँको मानव बस्तिले, गाउँमा कसैको बिहे अथवा कुनै कार्यक्रमको आयोजनमा देशभरी नै छरिएर रहने ती गाउँबासिको अनिवार्य सहभागिता गराएर।
रोजगारिको अवसर नभेटाएर विदेशिनेहरुको सँख्या प्रती घर कम्तिमा १ जनाको दरले छ । गाउँमा एउटा प्राथमिक र एउटा माध्यमिक गरि २ वटा विधालयहरुले त्यहाका बालबालिकाहरुलाइ शिक्षा प्रदान गर्दै आएको छ। तामाङ्ग जातिको मुल बाँस स्थान रहेको पुरानोगाउँमा अझै १९ औ सताब्दिको जीवन शैली देख्न पाइन्छ । शिक्षाको ज्योती भन्दा टाढा रहेर पनि गाउँबाँसिहरुले, यहाँ भएका उपयोगी जडिबुटीलाई संरक्षण दिएका छन। सखरखण्ड,गहुँ,साग,सुन्तला र थोरै मात्रामा धानबाली यहाँको मुख्य खेती हुन ।
अस्पताल सम्म नदेखेकाहरुको सँख्या पनि कम छैन पुरानो गाउँमा। स्थानिहहरुले स्थानिय सरकार आए पछि बल्ल बस गुड्ने बाटो निर्माण हुदा निकै खुशी ब्यक्त गर्दछन । स्थानिय तह गठन भए पछि चुनावी प्रक्रिया पूरा गर्दै वडा अध्यक्ष पदमा आसिन पोतेलाल तामाङ्गले पनि रोशी गाउँपालिकाको तर्फबाट पनि प्राथमिकता पाउने आशा गरेका छन।
तसर्थ सरकारले ल्याएको भिजिट नेपाल २०२० निकै नै सराहनिय योजना रहेको र यस महाविर झरनाले पनि यस मिशनलाइ सहयोग पुर्याउने अत्यधिक सम्भावना बोगेकोले यसको प्रचारप्रसारमा जोड दिदै सरोकारवालाहरुलाइ पनि ध्यानाकर्षण गराउन सबै नेपालिको नैतिकता बन्दछ।
प्रतिक्रिया