काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरूले विविध विषयलाई मुख्य समाचार बनाएका छन् । राजनीतिक विषयतर्फ कांग्रेसको भावी नेतृत्वको समाचार छ भने विश्वविद्यालयको अस्तव्यस्ता र महँगी बढिरहेको विषय प्रथम पृष्ठका समाचारको रुपमा छापिएका छन् ।
कान्तिपुर दैनिकले मनाङको चामेमा परेको हिउँको तस्वीरलाई मुख्य तस्विर र सातै वटा प्रमुख विश्वविद्यालयको अस्तव्यस्ता लाई मुख्य समाचार बनाएको छ । समाचारमा कुनै विश्वविद्यालय आन्तरिक किचलोका् बन्दी बनेको छन् भने कुनै पदाधिकारीविहीन अवस्थामा रहेको उल्लेख छ ।
एक दशकअघिको बहुचर्चित नक्कली भ्याट बिल प्रकरणका मुद्दाहरूमा आइतदबारदेखि सर्वोच्चले सुनुवाइ गर्न लागेको अर्को खबर पनि कान्तिपुरले छापेको छ । नक्कली बिलमार्फत भ्याट र आयकर छलेको आरोपमा भएको संशोधित कर र जरिवानामाथि सर्वोच्चबाटै न्यायिक परीक्षण हुन लागेको हो । यसमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलगायत पाँचवटा कम्पनीका मुद्दा एकसाथ राखिएका छन् ।
महँगीबारेको समाचार कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको छ । समाचार अनुसार उद्योग र होलसेल व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य बढाएका छन् । दाल, मैदा, तेललगायतका उपभोग्य वस्तुको आफूखुसी मूल्य बढाइएको हो ।
उपभोक्तामाथि उद्योगी र व्यवसायीले महँगी थोपरे पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार हस्तक्षेपमा चासो दिएको छैन । कान्तिपुरका अनुसार मूल्य बढेको सन्दर्भमा विभागलालई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नदिएको व्यवसायीले गुनासो गरेका छन् ।
प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्य असन्तुष्ट बनेको विषय आज अन्नपूर्णले उठाएको छ । प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको भन्दै प्रदेशसभा सदस्य रुष्ट बनेका हुन् ।
पशुपतिनाथका काठ मक्किएकोसम्बन्धी अर्को खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा छापिएको छ । तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखीझ्याल अड्याउने फ्रेम पनि मक्किएको छ ।
तीन दिनयता पटक पटक हिमपातका कारण चिसो बढेर हिमालीसहित उच्चपहाडी भूभागको जनजीवन प्रभावित भएको नागरिकले लेखेको छ ।
प्रतिक्रिया