सन्तानलाई समय दिउँ, कुलतबाट जोगाउँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

व्यापार व्यवसायमा धेरै समय दिने तर सन्तानको दैनिकि तिर ध्यानै नदिने अभिभावक, अभिभावकको पर्याप्त समय नपाएपछि खराब संगतमा पर्ने विद्यार्थी र खराब संगतको परिणाम विद्यार्थीमा लागू औषधको कुलत, पढाई बर्बाद र सामाजिक प्रतिष्ठा धुलिसात् ।
बढदो लागू औषध दुव्र्येसनको मूल कारण आप्ःनो काममा तल्लिन भएर लाग्दा सन्तानलाई दिनुपर्ने समयको अभाव रहेको लागू औषध नियन्त्रणमा संलग्न प्रहरी अधिकारीहरुले बताएका छन् ।
शुक्रबार राजधानीको जेभियर्स कलेजका झन्डै चार सय विद्यार्थीलाई लागू औषध दुरुपयोग बाट बच्न सुझाउँदै हुनुहुन्थ्यो, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल ।


प्रायः जसो किशोर किशोरी लागू पर्दाथ दुव्र्येसनको शिकार बन्नुको मुख्य कारण उनीहरुको आमाबाबाको माया ममता कम हुने रहने गरेको पोखरेल बताउनु हुन्छ । छोराछोरीलाई उनीहरुको कार्यमा हौसलाको कमि र उनिहरुलाई समय दिन नसक्नुका कारणबाट लागू पर्दाथको शिकार भईरहेको निश्कर्ष प्रहरी अधिकारीहरुको छ ।
जे कारणले होस् लागू औषधको कुलतमा लागेको छोराछोरी आमा बाबूलाई अत्यन्त पीडादायी विषय बन्ने गरेको छ । ‘बाबुआमा यति तनावग्रस्त हुन्छन् की, सामान्य लागु औषध दुरुपयोगमा प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका आफ्ना सन्तानलाई आएर नै छोराछोरीलाई गोलि हानिदिनुस् समेत भन्ने गरेका छन्, पोखरेलले बताउनु भयो । छोराछोरीलाई पर्याप्त समय, माया ,ममता र साथ दिएमा मात्र उनीहरुको भविष्य उज्वल हुने उहाँको भनाई थियो ।

नेपालमा लागुपर्दाथ दुर्व्यसनमा लाग्नेको संख्या दिनप्रतिदिन बढ्दो रूपमा रहेको छ । अधिकाश सहरहरुमा त प्राय गाजा सेवन गर्नेको क्रम बढ्दो छ । प्रायः लागू पर्दाथ आमाबाबुको माया ममता र साथको कमिले गर्दा दुव्र्येसनमा लाग्ने गरेको प्रहरीअधिकारीहरुले बताएका थिए ।
कार्यक्रममा परिवारको माया र ममताको कमिले गर्दा पनि विद्यार्थी वर्ग लागू पर्दाथ दुव्र्येशनको सिकार धेरै भईरहेको र उत्कृष्ट नतिजा ल्याईरहेका विद्यार्थी पनि पछि परिरहेको विषयवस्तुमा नाटक प्रस्तुत गरिएको थियो । आमाबुवाले साथ सहयोग गरे छोराछोरीको कला र मर्म बुझे मात्र छोराछोरी सहि मार्ग निर्देशनमा चल्न सक्छन् भन्ने शिक्षा कलाकारहरुले दिएका थिए ।

साथै नायव महानिरीक्षक पोखरेलले देशमा रक्सी तथा चुरोटको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्ने क्रममा रहेको बताउनुभयो । कुलतमा देशका कर्णधारहरु दुबेका कारणले गर्दा पनि नेपालको प्रगति हुनसकिरहेको धारणा पनि उहाँको थियो । लागू औषधले नयाँ पुस्ताको उर्जा समाप्त पारिरहेको बताउँदै पोखरेलले भन्नुभयो, ‘नयाँ पुस्ता उर्जाशील र संघर्षशील भएमा मात्र अनुभवी पुस्ताको अनुभवले काम गर्छ’ । कार्यक्रममा महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले लागु औषध दुर्ब्यसनबाट आक्रान्त समाजले देशलाई अधोगतितर्फ धकेल्ने बताउदै देशका उर्जावान युवालाई सक्षम, स्वाभिमानी र कर्मशील बन्न उत्प्रेरित गर्न सचेतनामुलक कार्यक्रमको खाँचो महशुश हुँदै गएको बताउनु भयो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज र प्रहरी बीचको साझेदारीले लागु औषध दुर्ब्यसनलाई निरुत्साहित गर्न फलदायी बन्दै आएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, कमलपोखरी ट्राफिक इन्चार्ज प्रहरि निरिक्षक सुनिल कार्की, युवा ब्यवसायी भरत लामिछाने, नगरवासी, समाजसेवी, बुद्धिजिवी, विद्यार्थीको उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गर्नु भएको थियो ।