राम्रो फोरजि सेवाका लाागि १८०० र ८०० मेघा हर्जका मोबाइल

उपभोक्तालाई टेलिकमको अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


नेपाल टेलिकमले प्रभावकारी फोरजी सेवा लिनका लागि १८०० र ८०० गरी दुवै फ्रिक्वेन्सीमा चल्न सक्ने मोबाइल फोन प्रयोग गर्न उपभोक्तालाई अपिल गरेको छ । टेलिकमले बिहबार जारी गरेको प्रेश विज्ञप्तिमा हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएकोले ग्रामीण र विकट क्षेत्रमा दिइने फोरजी सेवाको प्रभावकारिताका लागि १८०० मेगा हर्जमा मात्र चल्ने मोबाइल प्रभावकारी नहुने उल्लेख छ ।
टेलिकम प्रवक्ता प्रतिभा बैद्य
द्वारा जारी विज्ञप्तिमा टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको जनाइएको छ । ‘ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुने पनि विज्ञप्तिमा उल्लेख छ ‘मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ । फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ ।’, विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको बताउँदै विज्ञप्तिमा नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण स्पेसिफकेसन हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन समेत उपभोक्तालाई आग्रह गरिएको छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्ने र त्यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिने पनि उल्लेख छ ।

साथै विज्ञप्तिमा कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको र त्यसबाट फोरजी सेवा थप सहजताका र तीब्र गति एवं गुणस्तरमा प्राप्त गर्न सकिने उल्लेख छ ।
हालसम्म कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ, जसका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन् ।