प्रधानमन्त्री केपि शर्मा ओलीले देशको राजनीतिक अवस्था बारे सामान्य जानकारी राख्दै पढाईमा ध्यान तथा समय केन्द्रित गर्न बालबालिकाहरुलाई आग्रह गर्नुभएको छ ।
अहिले स्कुलमा पढिरहेका विद्यार्थीलाई राजनीतिमा लाग्ने सुझाव आफूले दिन नसक्ने समेत बताउनुभयो ।
राजधानीमा आयोजित बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विभिन्न जिल्लाका स्काउट आवद्ध बालबालिकाहरुले राखेका विभिन्न प्रश्नको जवाफ दिनुभएको थियो ।
हुम्ला घर भएकी हाल ज्ञानमन्दीर माविको कक्षा १० कि छात्रा अस्मिता परियारको विद्यार्थीले राजनीति गर्ने हो की होइन भन्ने प्रश्नको जवाफमा
प्रम ओलीले राजनीतिक जिम्मेवारी भनेको देशको ढुकुटीमा हात हाल्न पाउने अवस्था हो भन्दै त्यसो गर्दा भ्रष्ट आचरणबाट मुक्त हुनुपर्ने पनि बताउनु भयो ।
मह काट्नेले हात चाट्छ भने जस्तो राजनीतिमा गर्नुृ हुँदैन, प्रधानमन्त्रीको भनाई थियो ।
त्यसो भए पनि राजनीति देशका सबै नीतिहरुको मूल नीति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशमा के भइरहेको छ भन्ने कुरा जान्नु आवश्यक हुने समेत बताउनुभयो ।
राजनीति सपिै्रयो भने देश सप्रिने र विग्रियो भने देश पनि विग्रिने भनाई उहाँको थियो । यसक्रममा उहाँले राणा शासन देखिका राजनीतिक व्यवस्थाहरुकोको प्रशंग पनि राख्नुभएको थियो ।
प्रधानमन्त्रीले राजनीति गरेर देशको नेतृत्व गर्ने भन्ने कुरा भविष्यको विषय भएको बताउँदै आफ्रनो भोट हाल्ने उमेर आएपछि राजनीतिबारे गहन ढंगले बुझ्न पनि आग्रह गर्नुभयो । तपाईहरु मध्येकै कोही डाक्टर, कोही इन्जिनियर आदि हुने हो र तपाई मध्येकै कोही प्रधानमन्त्री पनि हुनेछ , उहाँको भनाई थियो । जो राजनीतिमा जान खोज्नुहुन्छ उहाँले इमान्दार भएर जान होस् , उहाँको सुझाव थियो ।
बालबालिकाले राखेको बालबालिकामा तपाईको लक्ष्य के थियो भन्ने प्रश्नमा ओलीले समयक्रमअनुसार लक्ष्यहरु परिर्वतन हुँदै गएको बताउनुभएको थियो । दुर्गम गाउँमा ६८ वर्ष अगाडि जन्मिएको आफूले प्रधानमन्त्री हुन्छु भन्ने सपना नदेखेको भनाई पनि उहाँको थियो ।
त्यसबेलामैले भेटेका मानिसमध्ये गुरुहरु नै ठूलो र जानकार मान्छे भएकाले आफूले गुरुजस्तै पढेलेको मास्टर बन्न लक्ष्य राखेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘हुँदै जाँदा मैले समाजमा अनुचित कुराहरु देखेँ । त्यसलाई ठीक बनाउन संघर्ष गर्नु पर्नेरहेछ, परिर्वतनका लागि आन्दोलनमा लाग्नु पर्नेरहेछ भन्ने बुझेँ ।’, उहाको भनाई थियो ।
पञ्चायती तानाशाहविरुद्ध लड्दा मर्न परे मर्छु, जे गर्नुपर्ने गर्छु भनेर आन्दोलनमा लागेको उनले सुनाए । ‘उद्देश्यहरु वैयक्तिक हुँदैनथे त्यसबेला । मेरा पनि थिएन । मेरा उद्देश्य निरंकुशतन्त्र ढाल्ने, देशमा लोकतन्त्र ल्याभन्ने थियो । प्रधानमन्त्री भन्ने कल्पना पनि थिएन’ उहाँले थप्नुभयो ।
पंचायतकालमा जेलमा अहिले मार्छ कि भोलि मार्छ भन्ने बेला प्रधानमन्त्री हुन्छु भने विपरीत सपना देख्नु मुर्खतापूर्ण हुन्थ्यो। व्यवस्था परिर्वतन भएपछि पनि मेरो ध्यान देशमा कसरी सुशासन ल्याउने, विकासको बाटोमा कसरी लैजाने भन्नेमा गयो ।, उहाँले भन्नुभयो ।
साथै उहाँले आफू सांसद, मन्त्री हुँदै परिस्थितिले प्रधानमन्त्री भएको बताउँदै भन्नुभयो, , ‘अहिले पनि प्रधानमन्त्रीमा टिकिरहन्छु भनेर होइन, देश बन्नुपर्छ भनेर काम गरिरहेको छु ।’
प्रतिक्रिया