पद्मकन्याको ७२ औ वार्षिक उत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पद्मकन्या आवाजले विधार्थीहरुलाई पत्रकार बन्न विशेष अनुभव र ज्ञान दिन्छ ”, ~ शिक्षक उज्वल खनाल

१६ माघ। काठमान्डौ ,डिल्लीबजार स्थित अवस्थित पद्मकन्या विधाश्रमको ७२ औ वार्षिकोत्सव सम्पन्न भएको छ। सरस्वती  पूजाको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव सम्पन्न गरिएको शिक्षक खगराज जोशीले बताउनुभएको छ। विधालयको वार्षिक उत्सवको कार्यक्रम अनुसार पुरा गरिएको  खेलकुदमा सहभागी विधार्थीहरुलाई प्रमाणपत्र तथा पदक प्रदान गरिनुको साथै पद्मकन्या आवाज  पत्रिकाको विमोजन समेत गरिएको थियो।
कार्यक्रमका विशिष्ट अतिथिहरु वागमती प्रदेशका सांसदद्धय दिपेन्द्र श्रेष्ठ र गणेश दुलालले संयुक्त रुपले पत्रिका बिमोचन गर्नुभएको थियो। पद्मकन्या आवाज नामक  वार्षिक  पत्रिकामा पत्रकारिता अध्ययनरत विधार्थीहरुलाई पत्रकार बन्न विशेष अनुभव र ज्ञान प्रदान गर्ने आमसंचार तथा पत्रकारिताका शिक्षक उज्वल खनालले बताउनु भयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसदहरुले शिक्षाको गुणस्तर बढाउन जोड दिदै  यस विधालयका लागि आवश्यक रहेको मंच र नृत्यको लागि छुटै मंचको निर्माण गर्न प्रतिबध्ता जनाउनु भएका थिए
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आरति शर्माको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रममा विधालायकी प्रधानाध्यापिका रिता तिवारीले आफ्नो कार्यकालमा पद्मकन्यालाई सर्वोत्कृष्ट सामुदायिक विधालयको रुपमा परिचित गराइदिन अठोट गर्नुभएकी थिइन्।