
१६ माघ । प्रसिद्ध गीतकार एवम साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को २३ औ कृति एवम चौथो उपन्यास ‘स्माइल ड्रीम’ लोकार्पण भएको छ। राइजिङ्ग क्रिएटिभ मिडिया प्रालिको संयोजकत्वमा ओएस नेपाल द्धारा बागबाजर स्थित हार्दिक होटलमा एक कार्यक्रमको आयोजना गरि औपचारिक लोकार्पण गरिएको छ।
ओएस नेपालका अध्यक्ष विवेक कार्कीको सभापतित्वमा भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध साहित्यकार,कवि तथा गीतकार भुपाल राइले ‘स्माइल ड्रीम’ नामक उपन्यास सार्वजनिक गर्नुभएको थियो। वास्विक घटना संग सम्बन्धित रहेको ‘स्माइल ड्रीम’ उपन्यासलाई बजारिकरन को जिम्मा समेत ओएस नेपालले लिएको ,लेखक सुरेन्द्र महर्जनले बताउनु भयो।

”कर्णालीको एक युवाको जीवन संघर्ष दर्साइएको ‘स्माइल ड्रीम’ हरेक युवा पुस्ताका लागि प्रेरणाको श्रोत बन्न सक्ने” दावी गर्दै कम्तिमा एक पटक अवस्य पढ्न आग्रह समेत समालोचक धनप्रसाद सुबेदीले गर्नुभयो। मुल्य नतोकिसकेको उपन्यास चाडै पुस्तक बजारमा ल्याउने तयारी भइरहेको साहित्यकार महर्जन बताउनु भएको छ ।
प्रतिक्रिया