कक्षा ११ र १२ को वयवस्थापन संकाय भलिबलको फाइनलमा

जय यादव
१५ माघ,पद्मोदय माध्यमिक विधालयको खेलकुद सप्ताह अन्तर्गत आज पनि चार विधाको खेल सम्पन्न भएको छ।
भलिबल,छोलो,टग अफ वार र टेबल टेनिस खेल सम्पन्न भएकोछ। व्यवस्थापन ११ र मानविकी १२ बिच आज भएको भलिबल खेलमा व्यवस्थापन ११ लाइ २५(२३ र २७(२५ को अन्तरले जित हात पार्दै अंकित थापा मगरको कप्तानीमा रहेको मानविकी ११ ले तेश्रो स्थान प्राप्त गरेको छ। त्यसतै छात्रा तर्फको टग अफ वार प्रतिस्पर्धामा कक्षा १२ विज्ञान संकायकि छात्राहरुलाई पराजित गर्दै कक्षा ११ शिक्षाकी छात्राहरुले उपाधि जितेकी सहायक प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिनुभयो।

खेलकुद सप्ताहमा अनौठो तर रोचक साबित भएको छात्र तर्फको छोलो खेलमा जयन्द्र घर्ति मगर प्रथम,महेन्द्र घर्ति मगर दोश्रो र सागर थापा तेश्रो हुदा छात्रा तर्फ मिना बस्नेत प्रथम,श्रीसिका थापा दोश्रो र गुन्जना गिरि तेश्रो भएको खेलकुद व्यवस्थापक शिक्षक रुमानंद घिमिरे ले बताउनु भयो। खेलकुद व्यस्थापन कै जिम़ा पाउनुभएका अर्का शिक्षक पदम प्रसाद अर्यालका अनुसार टेबल टेनिस र भलिबल खेलाकोक फाइनल प्रतिस्पर्धा भोलि खेलाइने बताउनु भएको छ। खेलकुद सप्ताहमा विजयी तथा उत्कृष्ट हुने विधार्थीहारुलाई प्रमाणपत्र र पदक प्रदान गर्ने कार्यक्रम पनि रहेको अर्का शिक्षक पवन कुमार बस्नेतले जानकारी दिनुभएको छ।
प्रतिक्रिया