शुभप्रभात !! नमोः नमः
आज विक्रम सम्वत् २०७६ साल माघ 16 गते बिहीबार
पढौं, आज तपाईंको दिन कस्तो रहनेछ छ।
सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती
आज माघ शुक्लपञ्चमी अर्थात् वसन्त पञ्चमी / श्रीपञ्चमी
विद्याकी अधिष्ठातृ देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन
जीवनमा पहिलो पटक अक्षर चिन्न सिकाइने यो दिन अक्षराम्भको रुपमा पनि लिइन्छ
आजको दिनबाट नै साना बालबालिकाको शैक्षिक यात्रा प्रारम्भ गरिन्छ । प्रारम्भिक बाल विकास कक्षा चलाएका विद्यालयहरूले आजैबाट “अक्षराम्भ” भन्दै निशुल्क भर्ना लिने पनि गरेका छन्।
वसन्त ऋतुको आगमन : राष्ट्रप्रमुखद्वारा आज काठमाडौको हनुमान ढोकामा आजको दिनमा वसन्त श्रवण गर्ने पनि गरिन्छ ।
सरस्वती कस्ती छिन् ?
सेतो वर्ण भएकी , सेतो पहिरनमा सजिएकी, सेतो पदम पुष्पमा आश्रण गरेकी हातमा वीणा पुस्तक र स्फटिक माला धारण गरेको स्वरूपलाई लिएर आज सरस्वती पुजा आराधना गर्ने प्रचलन रहेको छ । राजहंसमा चढेकी भगवती सरस्वती हुन, उनकै कृपाले प्राणीहरुले संगीत , आवाज निकाल्न सफल भएका छन् । यसैले क्षमता बढाउन आजको दिन अर्थात बसन्तपञ्चमी / श्रीपञ्चमी उपयुक्त दिन मानिन्छ ।
शहिद दिवस
नेपाली जनताले आज सम्म गरेका आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नेहरूलाई सम्झने दिन आजै हो ।

आजको राशीफल ।

मेष– आर्थिक कार्य सफल ।
वृष– स्वास्थ्य राम्रो ।
मिथुन– विवाद ।
कर्कट– सफलता ।
सिहं– शत्रु परास्त ।
कन्या– अशांति हुन्छ ।
तुला– आय सामान्य ।
वृश्चिक–परिश्रम सफल ।
धनु–आलस्यले गर्दा रुकावट ।
मकर–स्वास्थ्य गडबड ।
कुम्भ–कृषिजन्य कार्यमा लाभ ।
मीन– शाकाहारी भोजन ।
सुदिनम् भवतु-
प्रतिक्रिया