पद्मकन्या विधाश्रम माविको ७२ औ वार्षिक उत्सव, गायन र नृत्यलाइ पनि प्राथमिकता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

१४ माघ।काठमान्डौ स्थित पद्मकन्या विधाश्रम माध्यमिक बिधालयको ७२ औ वार्षिक उत्सवको कार्यक्रममा विभिन्न खेलहरु संगै गायन र नृत्यलाई पनि स्थान दिइएको छ। विधालयको वार्षिक कार्यक्रमहरुको माध्यमबाट विधार्थीहरु भित्रको प्रतिभालाई उजागर गर्ने प्रयास भएको छ।

नेपालमा आर्थिक हिसाबले कमजोर देखिएको खेलकुद र कला तथा संस्कृतिको क्षेत्रमा ख्याति भने पाइरहेकै बेला विधालयले सृजना गरिदिएको वातावरण प्रति विधार्थीले खुशी व्यक्त गरेका छन्। विधार्थीहरु भित्र लुकेको खेल क्षमता देखाउन पाउदा झनै खुशी प्रकट गर्दैछन बैड्मिण्टन र कब्बडि खेलमा रुचि राख्ने खेलाडिहरु। साहित्य,कला तथा संस्कृतिमा रुचि राख्ने विधार्थीहरुले गायन तथा नृत्यको मंच उपलब्ध गराउनुलाई नेपाल आइडल,नेपाल स्टार र लोक स्टार जस्ता प्रतिस्प्रधात्मक रियालिटी शो को अभ्यास स्थलकै संज्ञा दिदैगरेका छन्।
माघ ११ गते देखि सुरु भएको वार्षिकोत्सवको कार्यक्रम अन्तर्गतको अतिरिक्त  क्रियाकलापमा खेलकुद तर्फ बैड्मिण्टन ,कब्बडि ,चम्चा दौड,क्रिकेट,खो खो त्यसै गरि कला तथा साहित्य तर्फ गायन,नृत्य,निबन्ध लेखन,हाजिरीजवाफ प्रतियोगिता आदि समावेश रहेको शिक्षक शिवराज पौडेलले बताउनु भएको छ साथै यस वार्षिकोत्सवको कार्यक्रमहरुमा उत्कृष्ट  र खेलकुदमा विजयी हुने विधार्थीहरुलाई विधालय व्यवस्थापन समितिका अध्यक्षको प्रमुख आतिथ्यमा प्रमाणपत्र तथा पुरस्कार वितरण गर्ने र माघ १६ गते सृपंचमिका दिन वार्षिक उत्सव मनाउने कार्यक्रम तय रहेको पद्मकन्या विधाश्रम विधालयकी प्रधानाध्यापिका रिता तिवारीले बताउनु भयो।