बारा – नेपाल पर्यटन वर्षको शुभारम्भ भएसङ्गै अहिले निजगढ विमानस्थल कहिले बन्छ त भन्ने सबैको गुनासोको विषय बनेको छ । एकातिर पर्यटन मन्त्री योगेश भट्टराई निजगढमा विमानस्थल बन्छ भनेर भन्दा उता निजगढबासीहरु विमानस्थल बन्ला कि नबन्ला भन्ने दुविधामा परेका छन् । लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल बनाउनको लागि सबैभन्दा ठूलो काम मध्येको एक काम इआइए त वन तथा वातावरण मन्त्रालयबाट पनि स्वीकृत पायो तर स्वीकृत पाएपनी विकासको यो कार्य कहिले सम्पन्न हुन्छ त कति अवधी लाग्छ , के नेपाल सरकारको विमानयोजनाले फड्को मार्न सक्छ त भन्ने प्रश्न यतिबेला उठिरहेको छ । नेपाल भ्रमण वर्ष त सुरु भयो तर के २० लाख पर्यटकहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सेवा पुर्याउन सक्छ त जस्ता धेरै प्रश्नहरु पनि उठेका छन् यो बेला ।
भ्रमण वर्ष २०२० लाई प्रारम्भ गर्ने उद्देश्यले निर्माण गर्न लागिएको निजगढ विमानस्थल बन्यो भने त्यसले नेपालकै अर्थतन्त्रलमा सकारात्मक परिवर्तन ल्याउन सक्छ भन्ने आँकलन सरकारको छ । नेपाल भ्रमण वर्ष २०२० सुभारम्भ भएको छ , नेपाल घुम्न आउने पर्यटनलाई निजगढ विमानस्थलले हवाई सेवामा कमी नहुने योजनामा सरकार विश्वस्त रहेको समेत नेपाल सरकारको धारणा छ । जतिसुकै ठूला जहाज पनि उडान र विमान पनि निजगढ विमानस्थलमा अवतरण गर्न सक्ने भनेको विमानस्थल अहिलेसम्म बन्छ कि बन्दैन भन्ने अत्तोपत्तो छैन । आजभन्दा झण्डै ३० वर्ष अघिदेखि गरिएका अध्ययनले निजगढ विमानस्थल पूर्वी र पश्चिम एसिया जोड्ने एसियाकै हवाई विमानस्थल हुन सक्छ भन्ने कुरा देखाइसकेका छन् ।
यो विमानस्थललाई देशको समृद्धिको आधार मानेर परिकल्पना गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुसार यो विमानस्थल नेपालको भोलिको सन्ततिलाई निकै महत्वको विषय बन्न सक्छ भन्ने बिश्वास रहेको छ । निजगढ विमानस्थल कहिले सम्पन्न हुन्छ भन्ने टुंगो नलागेको पनि निजगढका स्थानीयहरुले घामछाँयालाई जानकारी दिएका छन् । यो विमानस्थल अबको एक डेढसय वर्षसम्मलाई लक्षित गरेर बनाउन थालिएको मन्त्रालयको भनाई छ ।
निजगढ विमान बनेपछिका के फाइदा पाइन्छ त रु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अहिले नेपालको एकमात्र पहिलो अन्तर्राष्ट्रिय विमानस्थल हो । उडान र अवतरणका हिसावले पनि त्रिभुवन विमानस्थलमा केही खराबी आएमा या विमानस्थलमै समस्या देखिँदा नेपाल आउदै गरेका विमान भारत लगेर अवतरण गर्नुपर्ने वाध्यता जस्तो बाध्यता नेपालले खेप्नु परेको छ । निजगढ विमानस्थलले अहिलेका यी सबै समस्याको समाधान दिनेछ । नेपाल आउजाउ गर्ने विमानले डाइभर्सन भएर भारत जानुपर्दैन । त्रिभुवन विमानस्थलबाट डाइभर्सन भएका विमान निजगढ विमानस्थलमै अवतरण हुन्छन् । अहिले भारतीय विमानस्थलमा जम्मा हुने पैसा निजगढ विमानस्थलमा जम्मा हुनेछ । ‘उडान र अवतरणका सजिलाका हिसावले यो विमानस्थलले क्रान्ति ल्याउँछ, शून्य भिजिविलिटीमा पनि उडान र अवतरण हुने उपकरण रहने अनि सबै अपरेसन सजिलै हुने भएकाले एअरलाइन्सहरु पनि झन्झट नमानी आउछन १’ त्यस्तै, त्रिभुवन विमानस्थल समुन्द्री सतहबाट साढे १३ सय मिटरको उचाइमा रहेको र वरिपरि वस्ती र अग्ला संरचना भएकाले यहाँ आउने ठूला विमानले पूर्ण क्षमतामा भार बोक्न सक्दैनन् तर निजगढमा विमानस्थल बनेपछि विमानहरुले पूर्ण क्षमताको भार बोक्न सक्नेछन् ।
रुख के गरिदै छ त निजगढ विमानस्थलको
वन तथा वातावरण मन्त्रालयले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए स्वीकृत गरेपछि रुख काट्ने जिम्मा नेपाली सेनाले पाएका छन् तर नेपालका केही वातावरणविद्, केही विदेशी वातावरणविद् अनि एनजिओ र आइएनजिओले भने २४ लाख रुख काटेर विमानस्थल बनाउँदा नेपालको पर्यावरण ध्वस्त हुने भन्दै आपत्ति पनि देखाईरहेका छन् । निजगढ विमानस्थलको ईआईए स्वीकृत भएलगत्तै उठेका यस्ता विवादबाट पूर्वाधारविद र विज्ञहरुको चिन्ता बढ्न थालेको छ । ‘विकासको कुरा गर्ने वित्तिकै त्यहाँ राजनितिक अर्थशास्त्र जोडिएको हुन्छ, तर जब विकासमा वातावरणको कुरा जोडिन्छ, त्यहाँ ग्लोवल पोलिटिक्स र ग्लोवल इकोनोमि पनि जोडिन्छ’ तर जुन जातको रुख हो, त्यै जातको रुख त्यै ठाउँमा लगाउनुपर्ने चलनले नेपालमा विकास गर्न कत्तिको गाह्रो छ भन्ने
प्रष्ट हुन्छ ।’
प्रतिक्रिया