पद्मोदयको खेलकुद सप्ताह सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पद्मोदय माध्यमिक विधालयले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको खेलकुद सप्ताह सुरु गरेको छ। विभिन्न विधाका खेलहरु सम्मिलित खेलकुद सप्ताह माघ १५ गते समापन् गर्ने कार्यक्रम रहेको खेलकुद व्यवस्थापक शिक्षक पवन कुमार बस्नेतले बताउनु भयो।
माघ १२ गते देखि  सुरु भएको खेलहरु मध्ये आज पनि भलिबल ,टेबल टेनिस र टग अफ वार खेल सम्पन भएको छ। आज भएको छात्र तर्फको भलिबल खेलमा कक्षा १२ मानविकी संकायलाई २६(२४ को अन्तरले हराउदै कक्षा ११ मानविकी संकायले सेमिफाइनल यात्रा तय गरेको हो।  त्यसै गरि छात्रा तर्फको टग अफ वारमा पनि कक्षा ११ मानविकी संकायले कक्षा ११ कानुन संकायलाई २(० अन्तरले र छात्रहरुले व्यवस्थापन संकायलाई २(० अन्तरले पराजित गरेका छन। आजै सम्पन्न अर्को खेलमा कक्षा ११ व्यस्थापन संकायले कक्षा १२ को व्यावास्य्जापन संकायलाई २(० ले हराएको छ। कक्षा ११ शिक्षा संकायले पनि आजै भएको टग अफ वार प्रतिस्पर्धामा बलिया मानिएका कक्षा ११ का विज्ञान संकायलाई २(० अन्तरले पराजित गर्दै सेमी फाइनलमा स्थान पक्का गरेको शिक्षक रुमानन्द घिमिरेले बताउनु भएकोछ।विधालयका सबै शिक्षकहरुको सक्रियतामा आयोजना गरिएको हप्ता व्यापी खेलकुद बात बिजयी हुने तथा उत्कृष्ट गर्ने विधार्थीहरुलाई प्रमाणपत्र र पदक प्रदान गरिनुको साथै राष्ट्रीय स्तरका खेलकुद सम्ममा पुर्याउन पहल गर्ने अर्का शिक्षक नारायण अधिकारीले  बताउनु भएको छ। उक्त खेलकुद सप्ताहमा लंग जम्प,हाइ जम्प र टेबल टेनिस खेल पनि समावेश छ।