हिटलरको यातना र नरसंहारकस्तो हुन्थ्यो ? किन यस्तो यातना दिइन्थ्यो ? मानवले मानव माथि गर्ने त्यस्ता अपराध अब हुन नदिने रोक्ने कसरी ?
यस्ता प्रश्नहरुको जवाफसहित अबको महिना भरी काठमाडौं उपत्यकाका स्कुले विद्यार्थीलाई होलोकोस्ट बारे जानकारी दिइने भएको छ । मानव इतिहासमा फेरि दोहोरिन दिननहुने घटनाको रुपमा अंकित होलोकोस्टको स्मृत हरेक वर्ष इजरेल र सम्बद्ध राष्टहरुले गर्ने गरेका छन् । त्यस्ता कार्यक्रममा त्यतिबेला हिटलरको यातना पाएका र हालसम्म जिवित रहेका व्यक्तिहरुले आआफ्नो अनुभूति सार्वजनिक गर्ने गरेका छन् । यसबाट मानवलाई घृणाको परिणाम प्रति सजग गराउन सकिने विश्वास गरिन्छ ।
दोस्रो विश्वयुद्ध सकिएको ७५ औं वार्षिकोत्सवका अवसरमा नेपालस्थित संयुक्त राष्ट संघको कार्यालय , युरोपेली युनियनको नेपाल प्रतिनिधि मण्डल, इजरायल तथा जर्मन राजदुतावासको पहलमा यस्तो अभियान संचालन गर्न लागिएको हो । यसबारे जानकारी दिन पुल्चोकस्थित राष्ट्र संघीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलमा अभियान उपत्यकाका १५ वटा सार्वजनिक र १० वटा निजी विद्यालयहरुमा आयोजना गरिने जानकारी दिइयो । यस कार्यका लागि हाल स्नातक र स्नातकोत्तर तह अध्ययन गरिरहेका ३५ जना स्वयं सेवकहरु परिचालित हुने जानकारी पनि कार्यक्रममा दिइयो । स्वयंसेवकहरुलाई होलोकोष्टबारे पूर्ण जानकारी दिइने छ ।
इतिहासको बुझाईले हामीलाई सत्य, सम्मान,न्याय तथा सहानुभूति जस्ता आधारभूत मानवीय मूल्यसँग जोड्ने छ, जुन कुराहरु अहिले पनि सबै तिरबाट खतरामा छन् । पत्रकार सम्मेलनमा बोल्दै राष्टसंघकी आवासीय संयोजक भेलरी जुलियाण्डले भन्नुभयो ।
यसवर्ष राष्ट्रसंघको स्थापनासँगै होलोकोष्टको पनि ७५ औं वार्षिक उत्सव यसपटक ‘अस्विट्ज पछिका ७५ वर्ष – विश्वब्यापि न्यायका लागि होलोकोस्ट शिक्षा र स्मृति’को नारा सहित मनाईदैछ । यस नाराका साथमा नेपालका कक्षा ११ र १२ तहका विद्यार्थीलाई यसबारे ज्ञान दिइने जानकारी कार्यक्रममा दिइयो । यसक्रममा विद्यार्थीलाई होलोकोस्टसम्बन्धी जानकारीमार्फत एक मानवले अर्को मानव माथी उसको पृष्ठभूमिकै आधारमा विभेद गर्दा र असहिष्णु व्यवहार गर्दा निम्तिने भयावह परिणामबारे बताइने छ । यसको उद्दश्य विश्वमा अब कतै पनि नरसंहार नदोहोरियोस् भन्नेतर्फ मानवसमुदायलाई सजग गराउनु रहेको जानकारी पनि कार्यक्रममा दिइयो ।
नेपालका लागि युरोपेली युनियनका प्रतिनिधिमण्डल प्रमुख भास्केम विटुसीले दण्डहीनता र नियन्त्रणको अभावमा विश्वका विभिन्न भागमा असहिष्णुता मौलाउने गरेको बताउनुभयो ।
प्रतिक्रिया