राज्यको उपेक्षामा रणबहादुर शाह निर्मित शक्ति पीठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

उद्योग तथा पर्यटन मन्त्रि योगेश भटराईले नेपाल भ्रमण वर्ष २०२० लाइ धार्मिक दृष्टिकोणले प्रचारप्रासार गर्न आग्रह गरे पनि नेपालका अधिकतम एतिहासिक धार्मिक धरोहरहरुलाइ पर्यटकिय स्थलको सुचिमा समेटन सकिएको छैन। यतिबेला भिजिट नेपाल २०२० प्रचारप्रसार समितिले हिमाल,पहाड र तराइ गरि तीनै क्षेत्रलाइ प्राथमिकता दिन नसकेको भन्नेहरुको संख्या बढ्दै गएको छ। तराइका जनकपुरधाम र लुम्बिनी बाहेकका स्थानहरुको बारेमा अनविग्य रहेको भिजिट नेपाल २०२० प्रचारप्रसार समितिको लागि नया पर्यटकीय गन्तब्य रहेको छ पर्साको विन्दवासिनीधाम।
पर्साको सदरमुकाम वीरगन्जदेखि करिब १० किलोमिटर पश्चिममापर्ने विन्ध्यवासिनी माईको मन्दिर एैतिहासिक धार्मिक स्थल मध्ये एक हो। शक्तिपिठको रुपमा रहेको सो मन्दिर ग्रामिण क्षेत्रमा रहेको केहुनीया गाउँमा अवस्थित छ। माता विन्ध्यवासिनी कै नामले केहुनिया गाउलाई विन्ध्यवासिनीधाम केहुनिया भनेर चिनिन्छ। दशै भरि माताको मन्दिरमा सीमा पारी तथा आसपासका जिल्लाका दर्शनार्थीहरुको मन्दिरमा भिड बढेको छ। यस मन्दिरमा दशैको अष्टमी र नवमी तिथिमा विशेष मेला र पुजा हुने गर्दछ। मेलामा भक्तजनले भाकल गरे अनुसार नरिवल, चुरा, मिठाई मातालाई चढाउने तथा भाकल गरेकाहरुले बोका परेवा, हाँस कुखुराहरुको बलि दिइने परम्परा छ। वर्षै भरि बलि दिन मिल्ने पर्साको एक मात्रै मन्दिर भनेर पनि प्रसिद्ध रहेको छ विन्ध्यवासिनी माइ मन्दिर।
सन्तान नभएकाको सन्तान लाभ हुने, अनेकन रोगले ग्रसित भएकाहरुको रोग निको हुने तथा मुद्दा मामिलामा जितेका भक्तजनहरु विशेष रूपमा आउने र माताको दर्शन गरी चुनरी नरीवल चढाई पुजा गर्ने मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्याय बताउँनुहुन्छ।
वर्षमा कृष्ण अष्टमी, शिवरात्री र रामनवमीमा पनि माताको पुजा हुने र बाहिरी दर्शनार्थीहरु आउने गर्दछन्। भारतको विन्ध्याचल जान नसक्ने भाकल गरेका कैयन भक्तजन यहीँ दर्शन गर्न आउने गर्छन्। नेपालमा विन्ध्यावासिनी माताको नामले कैयन मन्दिर भएपनि शक्ति पिठको नाममा यहि एक मन्दिर रहेको मन्दिरको इतिहासमा उल्लेख छ।
भागवतका अनुसार भगवान श्री कृष्ण जन्मेका बेला कंशबाट रक्षा गर्नका लागि उत्पन्न भएकोले विन्ध्यवासिनी मातालाई रक्षा र जगत कल्याण कि देवी भनिन्छ। भारतकी विन्ध्याचल माता नेपालको केहुनीया गाँउमा आएपछि विन्ध्यवासिनी माईको नामले प्रख्यात भएको मन्दिरको इतिहासमा उल्लेख छ।

राजा रणबहादुर शाहसँग जोडिएको मन्दिरको इतिहास
मन्दिरका पुजारी पुरुषोत्तम देव उपाध्यासँग गरिएको कुराकानी र मन्दिरमा भएको प्रमाणको आधारमा तत्कालिन राजा रणबहादुर शाहले करीब डेढ सय वर्ष पहिले सो शक्तिपिठको स्थापना गरेका थिए। सुरुमा राजाले माताको पिठलाई भारतको विन्ध्याचलबाट ल्याई स्थापाना गरेपनि मुर्तिको प्रतिमा भने वि।सं। १९३४ मा स्थापना गरिएको प्रमाण मन्दिरको ताम्रपत्रमा छ।
राजा रणबहादुर शाह आफ्ना पितृहरुको उद्दार गर्नको लागि भारत तिर्थ यात्रा गएका थिए। त्यस बेला भारतमा अंग्रेजको शासन थियो।यातायातको खासै सुविधा न भएकाले त्यतीबेलाका राजाहरु डोली चढ्ने गर्थे। राजापनि डोली चढेरै भारत भ्रमण गरिरहेका थिए।
त्यहाँ अंग्रेजहरुको शासन भएकोले उनले आफू नेपालको राजा हुँ भन्ने परिचय लुकाई साधारण तीर्थयात्रीको रुपमा भ्रमण गरेका थिए। पितृहरुको लागि शास्त्रोक्त कर्म गसिकेपछि राजा विन्ध्याचल पुगे जुन अहिले भारतको उत्तरप्रदेश अन्तर्गत मिर्जापुरमा अवस्थित छ।


भनिन्छ रणबहादुर शाह एक सिद्धीप्रद पुरुष थिए। उनी राजा भएको अंग्रेजका सिपाहीहरुले शंका गरेपछि बंधक हुने भयले उनी भगवती विन्ध्वासिनीको पुजा अर्चना गरि आफ्नो रक्षाको लागि ध्यान गरे। ध्यान मग्न रहेका राजाले मातासँग सुरक्षीत आफ्नो राज्य पुग्ने र कुनै प्रकारको विध्नबाधाहरु नहोस् भन्ने विन्ती गर्दै सबैको उद्दार होस् भनी मातालाई आफ्नो राज्यमा पनि स्थान लिन आग्रह गरे। राजाको भक्तिभावबाट प्रशन्न विन्ध्वासिनीले दर्शन दिइन्। यसरी भगवतीको शरणमा परेका राजाको भक्तिभावले प्रसन्न माता नेपाल आउन मानिन् तर उनले भनीन् एक रातमा जुन ठाउँमा तिमी पुग्दा उज्यालो हुन्छ सो स्थानमा मेरो स्थापना गर्नु। यसरी देवीको आज्ञालाई राजाले स्विकार्दै भारतको विन्ध्याचल पर्वतबाट देवीको अंश स्वरुप फुल प्रसाद त्यस स्थानको माटो तथा दैविक अंश लिइ डोलेहरुको काँधमा चढी माताको जप र ध्यान गर्दै एकैरातमा ११ सय किलोमिटरको दूरी तय गरी नेपालको भूमीमा आइपुगेको इतिहास पुजारी उपाध्यायले बताउनुभयो।
यसरी उज्यालो हुने बित्तिकै राजाले नेपालको सिमा क्षेत्रमा देवीको अंश स्थापना गरे। सोही ठाउँ अहिले विन्ध्यवासिनी माताको नामले प्रख्यात छ। राजाले स्थापना गरेपछि सानो झुपडी बनाई मन्दिरको स्थापना गरीयो। सो शक्तिपिठ अहिले केहुनीया गाउँमा अवस्थित छ। गाउँबासीले केहि पैसा संकलन गरी पक्कि मन्दिरको स्थापना गरे। पछि गुठिको अधिनमा मन्दिर भएपछि तत्कालिन राजा महेन्द्रले २०२६ सालमा एउटा नेपाली शैलीको मन्दिर र धर्मशालाको निर्माण गराए जुन मन्दिर अहिलेसम्म अवस्थित छ।

माता विन्ध्याचलको उत्पति कथा
आदिशक्ति स्वरुपा विन्ध्याचल माताको उत्पतिको बारेमा देवी भगवतीले मार्कण्डेय पुराणमा भनेकी छन्, नन्दगोप गुहेजाता यशोदा गर्भसम्मभवा। ततस्तौ नाशयिस्यामि विन्ध्याचल निवासिनी
अर्थात उनले भगवान् श्री कुष्णलाई बाल्य अवस्थामा कंशबाट बचाउन र दुष्टहरुको संहार गर्नको लागि यस पृथ्वीमा भगवानको आज्ञाले नन्दबाबाको घरमा यसोदा मैयाको गर्भबाट जन्म लिईन्। कंशले देवकीको आठौं सन्तानको  रुपमा आएकी भनी मातालाई बाल्य अवस्थामा मार्न खोज्दा कंशको हातबाट फुत्की आकाश मार्ग द्वारा कंशलाई कृष्णको अवतार र कंशको मृत्युको जानकारी गराई आफै विन्ध्याचल पर्वतमा निवास गरेकोले भारतमा यिनी विन्ध्याचल माताको नामले प्रख्यात भईन। सो पर्वत अहिले सिद्ध शक्तिपिठको नामले प्रख्यात छ। माता सतिको पृष्ठ भाग खसेकाले भारतको विन्ध्याचललाई शक्ति पिठको नामले चिनिन्छ। भनिन्छ पार्वतीले शिवलाई पाउन सो पर्वतमा तपस्या गरेकाले उनको नाम अर्पणा भयो। भगवान् श्री रामले त्यहि अवस्थित राम गंगा घाटमा आफ्नो पितृहरुको श्राद्ध तर्पण गरे। सो विन्ध्याचल देवी नै नेपालको पर्सामा रहेको केहुनीया गाउँमा बिराजमान छिन्।

मन्दिरका पुजारी उपाध्याय तथा स्थानीयका अनुसार २०३६ सालमा चोरहरुले वर्तमान मन्दिरमा भएको मुर्ति चोरी भयो। माताको मुर्ति वीरगन्जको माईधिया पोखरीसम्म ल्याउदा चोरहरु आखाँ नदेख्ने भएपछि सो मुर्ति उनीहरुले त्यहि पोखरीमा फोलेको गाउँबासीको भनाइ छ। पोखरीमा मुर्ति फालेपछि आसपासका स्थानीयले सो घटना देखे लगत्तै प्रहरीलाई जानकारी गराएपछि चोरहरु पक्राउ परे। विदेशमा लगेर माताको मुर्ति बेच्ने मनसायले सो मुर्ति चोरिएको थियो। यसरी मुर्ति चोर अन्धो हुनु र माताको मुर्ति प्रहरीलाई पत्ता लागेर पुन सुरक्षित साथ् मन्दिरमा राखिएको छ।